ह्वाइट हाउसको आगामी कार्यकाल; ओबामाको निरन्तरताकी, रिपब्लिकन मिट रम्नी ?

१८ आश्विन २०६९, बिहीबार ०९:३८ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका, १८ असोज । ह्वाइट हाउसको आगामी कार्यकालका लागि बर्तमान डेमोक्र्याट राष्ट्रपति बराक ओबामाको निरन्तरताकी ? रिपब्लिकन उम्मेदबार मिट रम्नी ? अमेरिकी मतदाताहरुको प्राथमिकता र मुद्दा माथि औपचारिक बहस प्रारम्भ भएको छ । कोलोराडोको स्थानीय समय अनुसार बुधबार राती ७:०० बजे देखि करिब १:३० घण्टा अमेरिकी मतदाताहरुको प्राथमिकता र मुद्दा माथि डेमोक्र्याट राष्ट्रपति बराक ओबामा र रिपब्लिकन उम्मेदबार मिट रम्नीसंग गरेको सिधा प्रश्नोत्तर संगै आसन्न राष्ट्रपति निर्बाचनको औपचारिक बहस प्रारम्भ भएको हो । आज आयोजित राष्ट्रपतिका दुई उमेद्वार बीच भएको बहस राष्ट्रपतीय बहस आयोगद्वारा आयोजना गरिएको थियो । अमेरिकीमा यस्तो खालको बहस प्रत्यक राष्ट्रपति निर्वाचन अघि निरन्तर आयोजना हुदै आएको छ । सिधा प्रश्नोत्तरमा राष्ट्रपति बराक ओबामाको ‘ओबामा केयर’ स्वास्थ्य योजना पुनर विचार गरिनु पर्ने रिपब्लिकन उम्मेदबार मिट रम्नीको जोड माथि ओबामाले आफ्नो नीतिको बचाउ र कार्यन्वयनमा जोड दिएका थिए । राष्ट्रपति ओबामाले सुधारिएको स्वास्थ्य योजना ‘ओबामा केयर’ अमेरिकी जनताको लागि सुलभ र कम खर्चिलो हुने दावी गरेका थिए । उता रिपब्लिकन उम्मेदबार मिट रम्नीले ‘ओबामा केयर’ धान्न नसकिने स्वास्थ्य योजना भएको दावी गर्दै आफु राष्ट्रपति निर्बाचित भएमा यो योजना खारेज गर्ने बताए । रिपब्लिकन उम्मेदबार मिट रम्नीले बढ्दो बेरोजगारी र बिग्रदो अर्थतन्त्रको जिम्मेवार राष्ट्रपति बराक ओबामाको असफल ४ बर्षे कार्यकाल र नीति भएको दावी गरेका थिए । त्यसको प्रतिउत्तरमा राष्ट्रपति बराक ओबामाले आफुले राष्ट्रपतिको पद सम्हाल्दा ओरालो गतिमा गइ रहेको अर्थतन्त्र आफुले लिएका केहि सहि आर्थिक नीतिका कारण राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक लक्षणहरु देखिनुका साथै गत ३० महिनामा रोजगारमा लगातार बृद्दीभै करिब पचास लाख भन्दा बढी रोजगारको अबसर सृजना भएको तथ्य प्रस्तुत गरे । आजको बहसको बिषय अमेरिकी राष्ट्रिय अर्थतन्त्रमा केन्द्रित रहेको थियो । अमेरिकी राजनीतिलाई नजिकबाट नियाँली रहनु भएका डा. तारा निरौलाले आजको बहस बारे आफ्नो धारणा राख्दै भन्नु भयो, ‘रिपब्लिकन उम्मेदबार मिट रम्नीले आम अपेक्षा भन्दा आफुलाई जोडदारका साथ् प्रस्तुत गरे भने राष्ट्रपति बराक ओबामाले आफ्नो भलाद्मीपन देखाए ।’ आजको बहस बारे उहाँले रिपब्लिकन उम्मेदबार मिट रम्नीको राष्ट्रिय चुनाबी परिस्थिति खराब नभएता पनि अप्रत्यासित सुधार हुने सम्भावना कम रहेको हुनाले दुवै उम्मेदवारको प्रतिस्पर्धा निकटतम रहने अनुमान गर्नु भयो । आजको अमेरिकी बहस बारे निरौलाको टिप्पणी थियो राष्ट्रपति निर्बाचनमा कसलाई भोट हाल्ने भन्ने निर्णयमा पुगी नसकेका अमेरिकी मतदाताहरुले आफ्नो निर्णय एकिन गर्न आगामी बहसहरुको प्रतिक्षा गर्नु पर्ने देखिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

आजको प्रमुख समाचार