कस्तो होला सालीभेनाको रोमान्स ?

१८ आश्विन २०६९, बिहीबार ०९:३५ मा प्रकाशित

नायक दिलीप रायमाझी एक होनहार र प्रतिभाशाली अभिनेता हुन् । उनको व्यक्तिगत कुरालाई छाड्ने हो भने सिनेमाको पर्दामा दिलीपले धेरै अभिनेत्रीसंग रोमान्स गरेको भूमिकामा अभिनय गरिसकेका छन् । नृन्य, कडेमी, द्वन्द्व वा सिरियस हरेक भूमिकामा जम्न सफल दिलीपकी अर्धाङ्गिनी पनि आफैंमा राम्रो नृत्य गर्ने कलाकारमा पर्छिन् तर दिलीपले आफ्नी धर्मपत्नीलाई पर्दामा ल्याएका छैनन् । आफ्नी धर्मपत्नीलाई पर्दामा नल्याए तापनि धर्मपत्नीकी बहिनी अर्थात् दिलीपकी साली भने विस्तारै सिनेमाको पर्दातिर आउन थालेकी छिन् । उनी हुन् अनिता दाहाल । स्टार हिरोकी साली अनितालाई भिनाजुबाट कत्तिको साथ र सहयोग मिलेको छ त्यो थाहा भएन तथापि दिलीपकी साली भनेर परिचय गराउन पाउंदा भने उनलाई नजानिंदो तरिकाले फाइदा पुगेकै छ जस्तो लाग्छ हामीलाई ।
सायद, प्लान र कसलाई आफ्नो भनूं गरेर तीन चलचित्रमा अनुहार देखाइसकेकी छिन् अनिताले । नृत्यमा पनि पारंगत अनिता र दिलीपलाई एउटै सिनेमामा जोडीको रूपमा उभ्याउन धेरै निर्माता÷निर्देशकहरूले प्रयास गरेका थिए र अहिले पनि प्रयासरत छन्, तर कुन्नी के कारण हो मिलिरहेको छैन भन्छन् उनीहरू ।
सालीभेनालाई एउटै चलचित्रमा जोडीको रूपमा देखाएर उनीहरूबीचको रोमान्सका दृश्यहरू खिच्ने योजना कहिले पूरा होला ? त्यो भन्न सकिने अवस्था छैन । तर पनि सालीभेनाबीचको पर्दामा रोमान्सका दृश्यहरू कस्तो होला भन्ने कुतूहल भने सबैमा रहेको पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री अलाया एफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय: आफ्ना हट र बोल्ड तस्वीरहरु फ्यानहरुसँग सेयर गर्छिन्। अहिले

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

आजको प्रमुख समाचार