एकीकरणको कसरत गर्दैछन् तमलोपा र फोरम नेपाल

१८ आश्विन २०६९, बिहीबार ०९:२७ मा प्रकाशित

कठमाडौं, १८ असोज । सरकार र संविधान सभामा माओवादीसँग मोर्चाबन्दी गरेको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को संस्थापन पक्षले एकीकृत माओवादीसँग चुनावी गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । हाल सरकारको नेतृत्व गरिरहेको माओवादीसँग चुनाबी गठबन्धन गरेर जान नसक्ने स्पष्ट पार्दै अध्यक्ष महन्थ ठाकुरले मधेसवादी राजनीतिक शक्तिविचको एकतामा जोड दिएका छन् ।

‘मधेसका सवालमा अझै स्पष्ट नभएको माओवादीसँग चुनावी गठबन्धन गरेर जान सकिदैन भनेर अध्यक्ष ठाकूरज्यूले बताईसक्नु भएको छ,’ प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले भने, ‘चुनावमा जानका लागि मधेसबादी शक्तिसँग मात्र गठबन्धन हुन सक्छ, न कि माओवादीसँग।’ उनका अनुसार माओवादीले चुनावी गठबन्धन गरेर जानु पर्ने प्रस्तावलाई तमलोपाले अस्विकार गरिसकेको छ।

संविधानसभामा संघीयताका लागि मात्र माओवादीसँग मोर्चाबन्दी गरेको तमलोपाले संविधानसभाको अवसानपछि सो मोर्चाबन्दीको औचित्य सकिएको निष्कर्ष पनि निकालेको छ। ‘माओवादीसँगको मोर्चाबन्दी संघियताका लागि मात्र हो, चुनावको लागि होइन भनेर नै हामीले अन्य मधेसवादी दलसँग पार्टी एकताका लागि छलफल र वार्तालाई तिव्रता दिएका हौं,’ शुक्लाले स्पष्ट पारे ।

बर्ष दिन नाघिसक्दा पनि माओवादीसँग गरिएको चार बुदेँ सहमति कार्यान्वयन हुन नसकेको, मुख्य सचिव तथा प्रहरी प्रमुखको चयनमा पनि मधेसी दलको मागलाई सम्वोधन गर्न माओवादीले आनाकानी गरेको, माओवादी सरकारमा बसेर मधेसका माग र मुद्धालाई सम्वोधन गर्न असजिलो परेको भन्दै तमलोपाले माओवादीसँगको सहकार्यलाई तोडने निष्कर्ष निकालेको अर्का एक केन्द्रिय नेताले जानकारी दिए। ुपार्टी माओवादीको एजेन्डामा फस्दैँ गयो तर मधेसको एजेन्डामा भने प्रवेश नै नगेरपछि पार्टी भित्र चर्को असन्तुष्टी बढिरहेको छ, त्यसकारण पनि पार्टीले एउटा निर्णय लिन जरुरी भइसकेको महशुश गरिरहेको छु ती नेताले भने। उनका अनुसार माओवादी नेतृत्वको सरकारमा बस्ने–नबस्ने भन्ने बारेमा पार्टीले तत्कालै नयाँ निर्णय पनि गर्दैछ।
इसैबीच माओवादीसँग चुनावी गठबन्धन नगर्ने निष्कर्षमा पुगेको तमलोपाले उपेन्द्र यादब नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपालसँग पार्टी एकताको प्रक्रियालाई भने अन्तिम चरणमा पुर्याँएको छ। तराई मधेस जनअधिकार फोरम, नेपाल र तराई मधेस लोकतान्त्रिक फोरम, नेपाल अथवा एकीकृत मधेसी जनअधिकार फोरम, नेपाल मध्ये कुनै एक नाम राखेर जाने निष्कर्षमा पुगेका छन्। तमलोपा र फोरम नेपालले यसअघि प्रयोग गर्दै आएका झन्डालाई संयुक्त बनाएर जाने भन्नेमा भने दुवै दल बिच सहमति भइसकेको छ।
तमलोपाबाट सर्बेन्द्रनाथ शुक्ला र फोरम नेपालवाट महासचिव रामसहाय यादवको नेतृत्वमा गठन गरेको वार्ता टोली विचको चार चरणका बार्ताले दुवै दललाई एकीकरण नजिक पुर्याचएको हो। यतिखेर दुवै पार्टी विचको एकताका लागि प्रावधिक विषयमात्र मिलाउन बाँकी रहेका नेताहरुले बताएका छन्। बताइएअनुसार हाल दुवै पार्टीले प्रयोग गरिरहेका झन्डालाई नै मिलाएर जाने भन्ने सहमति दुवै वार्ता टोली बिच भइसकेको छ तर पार्टीको नाम के राख्ने भन्ने निर्णय गर्ने अधिकार भने कार्यदलले नेतृत्वलाई दिने उल्लेख गरिएको छ । फोरमका संयोजक यादवले एकता प्रक्रियापछि राखिने पार्टीको नामका लागि १२ नामावली प्रस्तावमा आएको र त्यसर्लाइ तीन नाममा सिमित गरेर नेतृत्वलाई निर्णय गर्ने अधिकार दिन लागिएको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

आजको प्रमुख समाचार