एकै कोठामा २५–३० प्रहरी कोचिन्छन् महाकालीमा

१८ आश्विन २०६९, बिहीबार ०९:०४ मा प्रकाशित

 कञ्चनपुर, १८ असोज अञ्चल प्रहरी कार्यालय महाकाली मातहतका अधिकांश प्रहरी एकाईहरू भाडाका घरमा सञ्चालित छन् द्वन्द्वका क्रममा ध्वस्त भएका प्रहरी कार्यालयहरू पुनः निर्माण हुन नसक्दा अधिकांश प्रहरी कार्यालय भाडाका घरमा सञ्चालन गरिँदैआएका हुन्

अञ्चल प्रहरी कार्यालय महाकाली मातहतमा डडेल्धुरा, बैतडी, दार्चुला कञ्चनपुरमा गरी ८८ वटा एकाई रहेका छन् यसमध्ये ४० एकाई भाडाको घरमा सञ्चालनमा रहेको अञ्चल प्रहरी कार्यालय महाकालीका वरिष्ठ प्रहरी उपरीक्षक सुभाष चौधरीले बताउनुभयो पैँतीस प्रहरी एकाई आफ्नै भवनमा १० एकाई सरकारी भवनमा सञ्चालनमा रहेको उहाँले बताउनुभयो

डडेल्धुराको जोगबुढामा रहेको इलाका प्रहरी कार्यालय भवनको अभावमा बङ्करमा सञ्चालन हुँदैआएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा प्रथम चरणमा सात दोस्रो चरणमा तीन गरी १० प्रहरी एकाईका भवनहरू निर्माण गरिएको उहाँले बताउनुभयो प्रहरी बस्नका लागि आफ्नै भवन नहुँदा एकै कोठामा २० देखि ३० जनासम्म प्रहरी जवान कोच्चिएर बस्नु पर्दा शान्तिसुरक्षा कायम गर्ने कार्यमा बाधा हुने गरेको एक प्रहरी अधिकृतले बताए

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले