विवाद समाधान गर्न माओवादी संस्थापन पक्ष केन्द्रीय कमिटिको बैठक बोलाउने निष्कर्समा

७ चैत्र २०६८, मंगलवार १६:२८ मा प्रकाशित

काठमाडौ, ७ चैत । एकीकृत नेकपा माओवादीको संस्थापन पक्षले पार्टीभित्र देखिएको विवाद समाधान गर्न केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने निष्कर्स निकालेको हो ।
ललितपुरको समिट होटलमा बसेको संस्थापन पक्षको आजको बैठकले केन्द्रीय कमिटिको बैठकको आवश्यकता महसुस गर्दै विवाद मिलाउन प्रयस्त गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ । संस्थापन पक्षको बैठकमा करिब १ सय जना केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।
यसअघि पार्टीको संस्थापन पक्षले पार्टीको सर्वसम्मत निर्णय कार्यान्वयन नगरेको र सरकार जनविरोधी रहेको भन्दै निर्णय कार्यान्वयन गराउन र सरकार ढाल्न आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । त्यसपछि त्यस विरुद्ध रणनीति बनाउन विगत तीन दिनदेखि संस्थापन पक्ष छलफलमा जुटेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्