म्याग्दीमा स्ट्रबेरी खेती सुरु

१८ आश्विन २०६९, बिहीबार ०८:२४ मा प्रकाशित

म्याग्दी, १८ असोज । म्याग्दी र पर्वत जिल्लाका विभिन्न गाउँमा स्ट्रबेरी खेती सुरु गरिएको छ । ग्रामीण भेगमा रहेका कृषकको आयआर्जनका लागि लघुउद्यम विकास कार्यक्रमको सहयोगमा स्ट्रबेरी खेती सुरु गरिएको हो । म्याग्दीको राम्चे, शिख र घार तथा पर्वतको लेखफाँट र सालीजा गाविसका विभिन्न ठाउँमा अहिले पहिलो चरणमा स्ट्रबेरी खेती सुरु गरिएको हो ।
ती गाविसका झन्डै एकदर्जन गाउँमा अहिले ५० हजार स्ट्रबेरीको बिरुवा रोपण गरी खेती सुरु गरिएको लघुउद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय पोखराका पर्यटन उद्यम विकास अधिकृत लक्ष्मी पुनले जानकारी दिनुभयो ।
लगभग तीन महिनामै फल दिने भएकाले स्थानीय कृषकलाई आयआर्जनमा सहयोग पुग्ने स्थानीय कृषक कृष्ण पुनले बताउनुभयो । यसैबीच स्ट्रबेरी खेतीको बारेमा नागी बराही बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र लघुउद्यम विकास कार्यक्रमको सहयोगमा कृषकलाई दुईदिने स्ट्रबेरी खेती तालिम दिइएको छ । तालिममा म्याग्दीको नागी, राम्चे, शिख, घार, दरबाङ, पर्वतको बनबडे, डाँडाकटेरी, लेकफाँटलगायतका गाउँका कृषकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी