बिल बिजक जांचका नाममा प्रहरीले दुःख दिएको व्यवसायीको आरोप

१८ आश्विन २०६९, बिहीबार ०८:२३ मा प्रकाशित

भद्रपुर, १८ असोज । झापाका उद्योगी व्यवसायीहरूलाई बिल बिजक जाँच गर्ने नाममा सशस्त्र र नेपाल प्रहरीले हस्तक्षेप गरी दुःख दिने गरेको भन्दै व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आन्तरिक राजस्व कार्यालय झापाद्वारा विर्तामोडमा आयोजित कर प्रशासन र करदाताबीचको अन्तक्र्रियामा सो असन्तुष्टि व्यक्त गर्दै व्यवसायीले कमिसनको प्रलोभनमा परेर प्रहरीले वैध सामानलाई पनि अवैध बनाउने गरेको बताए ।
अन्तक्र्रियामा आन्तरिक राजस्व विभागका महानिर्देशक टङ्कमणि शर्माले बिल बिजक जाँच गर्ने अधिकार प्रहरीलाई नभएको, नक्कली भएको शङ्का लागे प्रहरीले राजस्व अनुसन्धान अधिकारीलाई जिम्मा लगाउन सक्छ तर एक्लौटी जाँचेर प्रहरीले भन्सारमा दाखिला गर्ने अधिकार छैन भन्नुभयो ।
कार्यक्रममा झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश डालमियाले सशस्त्र र नेपाल प्रहरीले क्षेत्राधिकार नाघेर बिल बिजक जाँच गर्ने कार्यलाई अविलम्ब रोक लगाउन आग्रह गर्नुभयो ।
सोही सङ्घका निवर्तमान अध्यक्ष राजेन्द्र घिमिरे र मेची उद्योग वाणिज्य सङ्का अध्यक्ष विजय डालमिया र सङ्घको विर्तामोड शाखा अध्यक्ष बलराम कार्कीले बिल बिजक जाँच गर्ने नाममा प्रहरीले क्षेत्राधिकार ननाघी आन्तरिक राजस्व कार्यालयको प्रतिनिधिलाई राखेर कानुनी प्रावधानअनुसार वैध र अवैध छुट्याउनुपर्ने, सामान जफत गरेर भन्सार बुझाउने र गोदाममा छापा मार्ने काम रोक्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना