अमेरिकामा पहिलो पटक नेपाली मूलकी यि युवती सांसद बन्दै

७ मंसिर २०७८, मंगलवार १७:१६ मा प्रकाशित

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी युवती सराहना श्रेष्ठले सांसदको लागि उम्मेदवारी दिएकी छिन् । न्युयोर्क राज्यको संसदमा उम्मेदवारी दिने उनी पहिलो नेपाली मूलकी अमेरिकन महिला हुन् । उनले संसदको तल्लो सदनमा डिस्ट्रिक्ट १०३ बाट उम्मेदवारी दिएकी हुन् ।

उनले जलवायु संकट र आर्थिक तथा सामाजिक न्यायका विषयलाई चुनाबी एजेन्डा बनाएकी छिन् । न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्ने क्षेत्रबाट उनले उम्मेदवारी दिएकी हुन् । डेमोक्रेटिक नेता केभिन काहिलले यसपटकको डेमोक्रेटिक प्राइमरीमा श्रेष्ठको सामना गर्नुपर्नेछ ।

सन् २०२२ को जुनमा हुने प्राइमरीका लागि श्रेष्ठले चुनावी अभियान सुरु गरेकी छिन् । श्रेष्ठले न्युयोर्क हेल्थ एक्ट, गुड कज इभिक्सन र ग्रिन न्यु डिलजस्ता बामपन्थी एजेन्डाको समर्थन गरेकी छिन । डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टर र फर द मेनी नामको समुहले सोमबार विज्ञप्ति जारी गर्दै श्रेष्ठको समर्थन गरेका छन ।

आगामी जुनमा हुने प्राइमरी चुनावमा जितेको खण्डमा उनले नोभेम्बरमा हुने अन्तिम चुनावमा जित्ने लगभग निश्चित हुनेछ । रहनेछ । श्रेष्ठ अमेरिकामा डेमोक्रेटिक सोसलिष्टकी सदस्य हुन् । डेमोक्रेटिक सोसलिष्टको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह-अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको