प्युठानमा मात्रै ९९ एचआइभी सङ्क्रमित

१८ आश्विन २०६९, बिहीबार ०८:२१ मा प्रकाशित

प्युठान, १८ असोज । प्युठानमा बर्सेनि एचआइभी सङ्क्रमित व्यक्तिको सङ्ख्या वृद्धि हुदै गएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । हालसम्म प्युठानमा सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ । एचआइभी पोजिटिभ भेटिएकाहरूमा प्रवासी श्रीमान र गृहिणीको सङ्ख्या धेरै रहेका छन् । यस्तै सङ्क्रमितमध्ये अधिकांश युवा, युवती र श्रीमतीको रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयमा देखिन नआउनेको सङ्ख्या अझ धेरै हुनसक्ने स्वास्थ्य कार्यालयका जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक राजेन्द्रबहादुर राउतले बताउनुभयो । आफूलाई एचआइभी लागे नलागेको पहिचानका लागि जिल्लामा परीक्षण गराउनेको सङ्ख्या वृद्धि हुँदै जाँदा सङ्क्रमितको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको उहाँले बताउनुभयो । सङ्क्रमितमध्ये जिल्लामा सातजनाको मृत्यु भइसकेको छ भने २५ जनाले एआरभी लिइरहेका छन् ।
उहाँका अनुसार हालसम्म जिल्लामा विभिन्न सङ्घसंस्था र कार्यालयले गरेको क्रियाकलापको आधारमा १७ हजारभन्दा बढीले स्वेच्छिक रक्त परीक्षण गराएको र करिब २५ हजार बढीले यसबारे परामर्श सेवा लिएका छन् । हाल जिल्लामा सबैभन्दा बढी सातजना रस्पुरकोट गाविसमा मात्रै पुगेका छन् भने ओखरकोट, गोठिवाङ, धर्मावती, विजुवारलगायतका गाविसमा सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू गाउँको भन्दा धेरै रहेको पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना