एमाओवादीको नयां रणनीति : प्रचण्डलाई प्रधानमन्त्री बनाउने भए मात्र भट्टराईले राजीनिामा दिने

१८ आश्विन २०६९, बिहीबार ०८:१९ मा प्रकाशित

काठमाडौं, १८ असोज । कांग्रेस, एमाले र आफैंबाट फुटेको नेकपा माओवादीले प्रधानमन्त्री भट्टराईको पद त्यागलाई सहमतिको पहिलो सर्त बनाएपछि एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रिय सरकारको नेतृत्व दिन विपक्षी दलहरु तयार भए मात्र प्रधानमन्त्री बाबुराम भट्टराईले निकासका लागि राजीनामा दिने रणनीति अघिसार्न लागेको बुझिएको छ । यस विषयमा दाहाल र भट्टराईबीच समझदारी बनिसकेको एमाओवादी सुत्रले जनाएको छ ।
कुनैबेला कांग्रेसका गिरिजाप्रसाद कोइरालाको नेतृत्व जसरी सबैलाई स्वीकार्य थियो अहिले माओवादी अध्यक्ष प्रचण्डजी सर्वस्वीकृत व्यक्ति कुन सक्नुहन्छ भन्ने तर्क एमाओवादी नेताहरुले अघिसार्न थालेका छन् । राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने हुनाले कुन पार्टीको भन्दा पनि सर्वस्विकार्य व्यक्ति हुनुपर्ने माओवादीको तर्क छ। शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता कांग्रेस सभापति कोइराला विगतमा सर्वस्वीकार्य भएझैं अहिले त्यसका अर्का हस्ताक्षरकर्ता दाहाल राष्ट्रिय सहमतिका उपयुक्त पात्र हुने धारणालाई उक्त पार्टीले सशक्त रुपमा सतहमा उतार्ने रणनीति अख्तियार गर्न लागेको सुत्रले जनायो ।
विकल्प पनि नस्विकारे स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाएर अघि बढ्न आफ्नो दल तयार रहेको पनि उनले बताए। प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न अन्य दलहरु तयार नभएको अवस्थामा स्वतन्त्र क्षेत्रका व्यक्तिलाई प्रधानमन्त्री बनाइनु पर्ने तर्कमा एमाओवादीले अडान लिने भएको पनि बुझिएको छ ।
कांग्रेसले दाबी गरिरहेको सत्ताको नेतृत्व बृहत् शान्ति सम्झौताको भावनाअनुसार पनि नमिल्ने माओवादीको तर्क छ। जेठ १४ भित्र संविधान जारी गर्न नसकेपछि सर्वोच्च अदालतको फैसलाअनुसार संविधानसभा विघटन भएपछि अहिलेको सरकार ‘चुनावी सरकार’मा परिणत भएको पनि एकीकृत माओवादी दाबी छ। नयाँ संविधानसभा चुनावमा जाने सहमति गरिसकेका प्रमुख दलहरूबीच संवैधानिक जटिलता कसरी हटाउने भन्नेबारे भने गम्भीर असहमति छ।
कांग्रेसबाटै निर्वाचित राष्ट्रपति भएकाले नयाँ संविधानका अन्तर्वस्तुमा सहमति नगरी कांग्रेसलाई प्रधानमन्त्री पनि दिन नसकिने माओवादीको तर्क छ। यसबारे माओवादी अध्यक्ष दाहाल स्वयंले सार्वजनिक रूपमा अभिव्यक्ति दिइसकेका छन्। संविधानका अन्तर्वस्तुमा सहमति नगरी कांग्रेसलाई प्रधानमन्त्री दिनै नसकिने एमाओवादीका नेता गिरिराजमणि पोखरेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

आजको प्रमुख समाचार