पार्टीमा पहिरो जान थालेपछि कांग्रेस गम्भीर

१८ आश्विन २०६९, बिहीबार ०८:१७ मा प्रकाशित

काठमाडौं, १८ असोज । संघीयता र जातिय पहिचानमा पार्टीले गम्भीरता नदेखाएको भन्दै पार्टी नै त्याग्ने रोग नेपाली कांग्रेसमा पनि सल्किएको छ । यही बहानामा केही जनजाति नेताहरुले पनि पार्टी परित्याग गर्ने तयारी गरेपछि कांग्रेस सभापति सुशील कोइरालाको निवासमा बुधबार कांग्रेस पदाधिकारी र केही केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक समेत बसेको छ । बैठकले आदिवासी जनजातिका मागलाई लोकतान्त्रिक र संवैधानिक ढंगबाट सम्बोधन गर्न पार्टी तयार रहेको निष्कर्ष निकालेको छ।
बैठकको छलफलपछि वरिष्ठ नेता शेरबहादुर देउवाले आदिवासी जनजातिका मागप्रति पार्टी सधैू सकारात्मक रहेको उल्लेख गर्दै आदिवासी जनजातिका मुद्दामा पार्टी गम्भीर रहेको जानकारी दिए। आदिवासी जनजातिका माग र मुद्दाप्रति कांग्रेस गम्भीर रहेको जनाउंदै उनले पार्टीभित्र परामर्श गरेर आदिवासी जनजातिका जायज मागलाई सम्बोधन गरिने जनाए ।
यसअघि नै पार्टीका जनजाति नेताहरुले पेस गरेका ११ बुँदे मागलाई संबोधन गर्न नेता भीमबहादुर तामाङ संयोजक एक समिति गठन गरेको थियो। समितिले पार्टी कुनै पनि हालतमा एकल जातीय संघीयतामा जान नहुने राय दिएको छ। प्रतिवेदनमा भनेको छ, ुत्यस्तो भएमा देशमा जातीय द्वन्द्व निम्त्याउने छ। प्रदेशको नाम र संख्या जस्तो भए पनि नेपालको विशिष्टतालाई हेर्दा प्रत्येक प्रदेश बहुजातीय र बहुपहिचानयुक्त नै हुने निष्कर्षसहित समितिले एकल पहिचान र जातीय द्वन्द्व आउन सक्ने परिस्थितिलाई टाढै राख्न सुझाव दिएको छ। केन्द्रीय समितिको बैठकले संघीयताको विषयमा पनि स्पष्ट सुझाव दिन समितिलाई आग्रह गर्दै एक महिनाको समय थप गरेको थियो। तर, थपिएको समयमा मितिले कुनै काम गरेको छैन। यसअघि नै समितिले बुझाएका प्रतिवेदन केन्द्रीय समितिमा छलफलपछि कार्यान्वयन गर्ने सहमति गरेको छ।
यसैबीच पूर्वसभासद कुमार राईसहित झन्डै तीन दर्जन कांग्रेस जिल्लास्तरीय नेता(कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। राजधानीको बौद्धमा बुधबार आयोजित एक कार्यक्रममा राईसहित दुर्गामणि देवान, बुद्धराज राई, जुद्धबहादुर राई, टिकाप्रसाद गौचन, राजकुमार महतो, सुवास तामाङलगायत नेता पार्टी छाडेको घोषणा गरे। उनीहरुले कांग्रेससँग उत्पीडित जनताको हक सुनिश्चित गर्ने आधार नदेखिएकाले छाडेको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार