दिदीलाई अध्यक्ष बनाउन हिसिलाले हत्य हालिन्

१८ आश्विन २०६९, बिहीबार ०८:१५ मा प्रकाशित


काठमाडौं, १८ असोज । सत्ताशक्तिको आडमा अनेक नाजायज फाईदा उठाउने र आफन्तहरुलाई लाभका उच्च पदमा आसिन गराउने गरेकोमा तिब्र आलोचना भइरहंदा पनि प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीमा त्यसको कुनै असर परेको देखिएको छैन । फलतः आफ्नी दिदि तिमिला यमीलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)को अध्यक्ष बनाउनका लागि शेयरहोल्डर संस्थाहरुलाई सञ्चालक समितिका प्रतिनिधी फेर्न हिसिलाले दवाव दिन थालेकी छिन्। केयुकेयल सञ्चालक समितिले अध्यक्ष प्रयागलाल जोशीलाई हटाएर आफ्नी दिदि तिमिलाई अध्यक्ष बनाउन नमानेको भन्दै उनले काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका लगायतका शेयरहोल्डर संस्थाहरुलाई प्रतिनिधि फेर्न दवाव दिएकी केयुकेएलका एक उच्च कर्मचारीले दाबी गरेका छन् । बताइएअनुसार तिमिलालाई बोर्ड अध्यक्ष बनाउने एक कडीस्वरुप उनले प्रतिनिधी फेर्न पटक पटक काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुखहरुसंग भेट गरेकी छिन्। उनले महानगरबाट प्रतिनिधीत्व गर्दै आएका महेश काफ्ले र ललितपुरका बाबुराजा महर्जनलाई फेर्न दवाव दिएकी हुन्।
हिसिलाको दवावपछि ललितपुरका कार्यकारी प्रमुख नरहरि भण्डारीले त्यहाँको इन्जिनियर रुद्र गौतमलाई प्रतिनिधी तोकिसकेका छन्। यसअघि ललितपुरकै प्रतिनिधित्व गर्दै प्रवन्ध निर्देशक बनेका गौतमको छ तहको मान्छे सिधै १२ तहको प्रवन्ध निर्देशक बनाइएपछि विवादमा आएका थिए।
काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख केदारवहादुर अधिकारीले पनि प्रतिनिधी फेर्न दवाव आएको संकेत दिएका छन्, तर केयुकेयलको संस्थागत पूर्नसंरचना आवश्यक रहेकाले प्रतिनिधी फेरेर मात्रै समस्याको समाधान नहुने तर्क पनि उनले गरेका छन् ।
२०६४ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा हिसिलाले नै सरकारका तर्फबाट केयुकेयल सञ्चालक समितिमा तिमिलाको प्रतिनिधित्व गराएकी थिइन। तिमिला त्यसयता लगातार सञ्चालक समितिमा छिन्। यसअघि खानेपानी संस्थानमा आफु निकट कनिष्ठ कर्मचारीलाई महाप्रवन्धक बनाउने तयारी असफल भएको महिनादिन नवित्दै उनी केयुकेयलको प्रतिनिधी फेर्ने दौडधुपमा लागेकी सुत्रको कथन छ । केयुकेयलमा महानगरपालिका र नेपाल सरकारको ३०र३०, ललितपुर उपमहानगरपालिकाको १०,मध्यपुर ठिमी र किर्तिपुर नगरपालिकाको ५र५ प्रतिशत शेयर छ भने बाँकी २० प्रतिशत शेयर उद्योग बाणिज्य महासंघ, चेम्वर अफ कमर्स लगायतका संस्थाको छ।
स्मरण रहोस्, गत बर्ष स्वतन्त्र सञ्चालक नियुक्तीको वेला पनि आफ्ना भाई ज्ञानेन्द्र तुलाधरलाई नियुक्त गर्न नपाएको भन्दै हिसिलाकै हस्तक्षेपको कारण केयुकेयल झण्डै चार महिना पदाधिकारी विहिन बनेको थियो। हाल केयुकेलमा महानगरबाट काफ्ले, सरकारको तर्फबाट तिमिला यमी, ललितपुरबाट महर्जन, स्वतन्त्र सञ्चालकको तर्फबाट प्रयागलाल जोशी र नरेन्द्रमान श्रेष्ठ र एडिवीको तर्फबाट शशिन जोशीले केयुकेयल बोर्डमा प्रतिनिधित्व गर्दै आइरहेको छन्।
स्रोतका अनुसार गत वर्ष अध्यक्ष बन्न नपाएपछि रुष्ठ तिमिला केयुकेयल सञ्चाल समितिले गत वर्ष कामलाई कम्प्युटर प्रणालीमा लैजान टेण्डर गरेको वेला डिजाइनको नेपाल र काष्ठमण्डप कम्प्युटरको नाउँमा टेण्डर हालेकी थिइन। तर त्यो टेण्डर वर्ल्ड लिंकलाई परेपछि उनले काम अघि बढाउन दिइनन् र अझै यो काम हुन सकेको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार