नेवा: भोज २०१२ सफलताका साथ सम्पन्न

१८ आश्विन २०६९, बिहीबार ०४:१६ मा प्रकाशित

निर्मल महर्जन, दक्षिण कोरिया । नेवा: पुच: दक्षिण कोरियाद्वारा मिति २०१२ ओक्टुबर ३० तारिखमा कोरियाको ठुलो चाँड छुसकको अबसरमा गरिएको नेवा: भोज २०१२ भव्यताका साथ सम्पन्न भएको छ । करिब ७० जनाको उपस्थितिमा सम्पन्न भएको सो भोज कार्यक्रम नेवारी ड्रेस पहिरेका तीन महिला सदस्यद्वारा उद्घाटन गरेर सुरु भएको थियो ।

सोहि कार्यक्रममा गुरुज्यु नबिन बज्राचार्य तथा यस संस्थाका संस्थापक अध्यक्ष मणि राज जोशीज्युले संयुक्त रुपमा नेवा: पुच: को आपतकालीन राहत कोष तथा नेपाल सम्बत् ११३३ उपलक्ष्यमा ख्यातिप्राप्त गायक दीपक बज्राचार्य लाईभ इन कन्सर्टको टिकट एक एक प्रति आदान प्रदान गरेर शुभारम्भ गरेका थिए । मिठा मिठा नेवा: परिकारहरुको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले भरिएको सो मनोरन्जनात्मक कार्यक्रममा नेवा: ड्रेस लगाएका सदस्यहरुले प्रबासी भुमिमा नेवारी संस्कृतिको संरक्षण गर्नको निमित्त प्रयत्नशिल रहेको पाईयो ।
साथै सो संस्थाले ख्यातिप्राप्त गायक दिपक बज्राचार्यज्युले आफ्ना मिठा मिठा गीतहरु लिएर छिट्टै कोरिया आउनु हुने भएको र सो कार्यक्रमका सिटहरु सिमित भएकाले सम्पूर्ण कोरियावासी नेपालीहरुलाई चाँडो भन्दा चाँडो सम्बन्धित व्यक्तिलाई सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा।नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

आजको प्रमुख समाचार