स्विट्जरल्याण्डको शहर लुर्जेनमा नेपाल सम्बन्धी कार्यक्रम सम्पन्न

१८ आश्विन २०६९, बिहीबार ०४:१५ मा प्रकाशित

जंगम खड्का, स्विट्जरल्याण्ड । यहि सेप्टेम्बर २७ देखि २९ तारीखमा स्विस डेभलपमेन्ट कर्पोरेशन एस डी सी द्वारा लुर्जेन शहरको कापेल प्लाजामा नेपाल विषयक एक सडक कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा संस्थाद्वारा नेपालमा पाँच हजारौं झुलुङ्गे पुलको निर्माण सम्पन्न गरेको अवशरमा उक्त पुलको बजारको बीचमा एक मोडल झुलुङ्गे पुलको निर्माण गरि सांकेतिक उद्घाटन गरिएको थियो।

कार्यक्रमको औपचारिक कार्यक्रममा एस डी सी की कार्यबाहक डाइरेक्टर श्रीमति माया टिसाफी महामहिम नेपाली राजदूत शंकर दास बैरागी लुर्जेनकी कान्टोन प्रमुख श्रीमति ट्रिक्स डेट्लिङ र हेल्भेतासका अध्यक्ष श्री एलमरर लेदरगेरबरले नेपाल र स्विट्जरल्याण्ड बीचको सम्बन्ध र नेपालमा संचालित पुल निर्माण योजनाको बारेमा मन्तव्य व्यक्त गरे।

उक्त सांकेतिक उद्घाटन कार्यक्रम जर्नादन गौतमले हिन्दु परम्परा अनुसार पुजा-पाठ र मन्त्र पाठ गरेका थिए भने आशा स्टुकिले बौद्ध परम्परा अनुसार पुजा एवं मन्त्र पाठ गरेका थिए। गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डका अध्यक्ष विनय श्रेष्ठले उक्त पुजा कार्यक्रम संचालन गर्ने क्रममा उक्त सांकेतिक उद्घाटन कार्यक्रम स्विट्जरल्याण्डको नेपाली समाजका लागि गौरवको विषय भएको विचार व्यक्त गर्दै स्वीस जनता र स्विट्जरल्याण्डको नेपाल र नेपाली जनता संगको मित्रताको लागि कृतज्ञता ब्यक्त गरे।

स्वीस एंव नेपालीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाली खाना र नेपाली पर्यटन प्रर्बधनका स्टल संचालन गरिएको थियो। ति स्टलहरुको संचालनका लागि टेम्बा गुरुङ र वहाँको परिवार, शशि शंकर यादब, प्रेम सापकोटा, लाल सुनार लक्ष्मी प्रसाई र जमुना प्रसाई र चम्फा ज्ञावलीले सहयोग गरेका थिए। कार्यक्रमको दोस्रो दिन आयोजित नेपाली सांस्कृतिक कार्यक्रममा स्वसिबासी कलाकारहरु निरा लामा होयु र जंदनी ज्याकेटद्वारा क्रमस गीत नृत्य र सांगीतिक कोशेलिहरु प्रस्तुतु गरिएको थियो। उक्त कार्यक्रमको संचालन गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्ड आइसिसि प्रतिनिधि पितम गुरुङले गरेका थिए। स्वीस नेपाली समाजका अध्यक्ष डा मर्कुस रुकस्थुल कार्यक्रम अबधिमा कार्यक्रम संयोजनका लागि अत्यधिक ब्यस्त थिए। उक्त कार्यक्रमको संयोजन स्वीस नेपाली समाज र सहयोग गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डले गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार