अशोक राई र उनको बिद्रोही समुह एमाले परित्याग गर्दै

१८ आश्विन २०६९, बिहीबार ०३:५० मा प्रकाशित

काठमाडौं, १८ असोज । अन्तत एमाले उपाध्यक्ष अशोक राई र उनको बिद्रोही समुहले सो पार्टी परित्याग गर्ने भएको छ । नेपालको बामपन्थी राजनीतिमा करिब चार दशक क्रियाशील अशोक राई आफ्ना सहयोगीहरुको साथ जातीय पार्टी निर्माण गर्दै जनजातिको राजनीतिमा होमिन लागेका हुन् । यस पटकको बिभाजनसंगै एमाले दोस्रो पटक पार्टी विभाजनको मारमा परेको छ । यस अघि महाकाली सन्धिको बिबादमा बामदेव गौतमले एमाले बिभाजन गरि नेकपा माले पार्टी खोलेका थिए । संसदीय निर्बाचनमा भएको सर्मनाक परिणाम पछी बामदेव गौतम सहितको समुह एमालेमा फर्किएको थियो भने सीपी मैनाली समूह अहिले सम्म पनि माले पार्टीको नाउँमा छुट्टै अस्तित्वमा रहेको छ । प्रारम्भमा सीपी मैनाली निकट अशोक राई बामदेव गौतमसंगै एमालेमा फर्किएका थिए भने हरि रोक्का लगाएतको एक समूह माओबादीमा पसेको थियो । राई निकटले दिएको जानकरी अनुसार अशोक राई र उनको बिद्रोही समुहले आज बिहिबार एमाले परित्याग गरि नयाँ पार्टी घोषणा गर्ने कार्यक्रम राखेको छ । बिहिबार राजधानीको राष्ट्रिय सभागृहमा राष्ट्रिय कार्यकर्ता भेलामार्फत् एमाले परित्याग गरि नयाँ पार्टी घोषणाको बिधिबत जानकारी दिने कार्यक्रम रहेको छ । प्राप्त जानकरी अनुसार उपाध्यक्ष राई, पोलिट्ब्युरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, वैकल्पिक केन्द्रीय सदस्य अजम्बर काङबाङलगायतले एमाले परित्याग गर्ने भएका हुन् । एकल जातीय पहिचानको मुद्दामा एमाले असहमत रहेको भन्दै चार महिनादेखि राईको नेतृत्वमा एमाले भित्रकै जनजाती समूह अग्रगामी विचार समूहको नाउँमा क्रियाशील रहदै आएको थियो । तर उक्त समूहमा क्रियाशील नेताहरु पृथ्विसुब्बा गुरुङ, रामचन्द्र झा, किरण गुरुङ, दलबहादुर राना र वीरबहादुर लामाले भने तत्काल एमाले परित्याग नगर्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ