वन संरक्षक नारायणकाजीलाई अन्तर्राष्ट्रिय सम्मान

१७ आश्विन २०६९, बुधबार २०:१९ मा प्रकाशित

काठमाडौं, १७ असोज । वनजङ्गलको संरक्षणमा महत्वपूर्ण भूमिका निभाएका नेपाली समाजसेवी नारायणकाजी श्रेष्ठ वनक्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । श्रेष्ठलाई फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनले वान्गारी माथाई अवार्डबाट सम्मान गरेको छ ।
नोबेल पुरस्कार विजेता पहिलो अफ्रिकी महिला वान्गारीको सम्मानमा स्थापना गरिएको प्रतिष्ठित पुरस्कार जित्ने श्रेष्ठ पहिलो नेपालीसमेत बनेका छन् । कृषि तथा खाद्य क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)ले श्रेष्ठलाई नगद २० हजार अमेरिकी डलरसहित सम्मान गरेको हो ।
अहिले नेपालको एक चौथाई वनजङ्गल समुदायको संरक्षणमा छ । एफएओको मुख्यालय रोममा भएको भव्य कार्यक्रममा बोल्दै सहायक निर्देशक इडुवार्डो रोजास ब्रियालेसले वान्गारी माथाईको भावनालाई व्यवहारमा उतार्ने व्यक्तिका रूपमा श्रेष्ठलाई लिइएको बताए ।
स्थानीय विकास, प्रजातन्त्र र शान्तिको क्षेत्रमा महत्वपूर्ण भूमिका निभाएकी केन्याली राजनीतिज्ञ तथा वातावरणविद् वान्गारीले सन् २००४ मा नोबेल शान्ति पुरस्कार जितेकी थिइन् । श्रेष्ठले सामुदायिक वनको योजना बनाउने निकायमा बसेर महिला र ग्रामीण क्षेत्रका गरिब बासिन्दाहरूलाई वन संरक्षणमा जागरुक पार्न महत्वपूर्ण योगदान गरेका छन् । यसै वर्ष निर्णायकहरूले बंगलादेशकी कुर्सिदा बेगमलाई स्पेसल अवार्डबाट सम्मानित गरेका छन् । अन्तर्राष्ट्रिय जगत्मा वन व्यवस्थापन, संरक्षण र स्थानीय विकासको क्षेत्रमा काम गरिरहेका १४ वटा संस्था संयुक्त रूपमा हातेमालो गर्दै वन संरक्षणमा जुटिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु