डलरको भाउ घट्दा रेमिट्यान्स कुर्नेहरुलाई निरासा

१७ आश्विन २०६९, बुधबार २०:१३ मा प्रकाशित

काठमाडौ, १७ असोज । केही महिनाअघिसम्म डलरको बढ्दो मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाए पनि दशैंलगायतका चाडबाड नजिक हुंदै गर्दा डलरको भाउ घट्न थालेपछि विदेशबाट आउने रेमिट्यान्स पर्खिरहेकाहरुलाई निरास बनाएको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार यतिबेला डलर ५ महिनाकै सबैभन्दा कमजोर भएको छ । बिहीबारका लागि बैंकले डलरको मूल्य ८४ रुपैयाँ १४ पैसा तोकिदिएको छ । यो दर असार १० गते ९१ रुपैयाँ ८८ पैसा थियो । डलरको भाउ सस्तिएपछि रेमिट्यान्स भित्रिने क्रम घट्ने देखिएको छ । सामान्यता दसैंतिहारमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गर्छ । 

दसैंको अवधिमा सञ्चित गरेर राखेको रकम पनि पठाउने हुनाले डलरको मूल्यले असर गर्न सक्ने राष्ट्रबैंकका एक अधिकारी बताउँछन् । ‘डलर कमजोर भएको भेला घर चलाउन आवश्यक रकम मात्र पठाउने गरेको पाइन्छ,’ उनले भने, ‘बलियो भएको समयमा भने सञ्चित गरेर राखेको रकम पनि पठाउने गरेको देखिन्छ ।’ केही दिन वा सातामा पुनः डलरको मूल्य बढ्ला भन्ने अनुमानसहित रेमिट्यान्स पठाउन पर्खने चलन विदेशमा देखिने उनले बताए । ‘दुईरतीन रुपैयाँ बढ्दा पनि ठूलो फाइदा पुग्छ भनेर पर्खने गरिन्छ,’ उनले भने ।

अधिकांश नेपाली कामदार जाने खाडी मुलुक र मलेसियामा भने डलरको मूल्यले धेरै असर गर्दैन । ‘यस्ता मुलुकमा जानेले साधारणतया महिनैपिच्छे रकम पठाउँछन्,’ उनले भने, ुतर केही भने साँचेर पठाउने पनि हुन्छन् ।’ अमेरिका, यूके, अस्ट्रेलियालगायत मुलुकबाट भने रेमिट्यान्स पठाउनुअघि डलरको मूल्य घटबढ हेरेर बस्ने धेरै रहने उनी बताउँछन् । ‘यस्ता मुलुकमा रहेका धेरैले चाडबाडकै समयमा रेमिट्यान्स पठाउने गर्छन्,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको