परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्मानार्थ बाल्टिमोरमा रात्री भोज

१७ आश्विन २०६९, बुधबार २०:०५ मा प्रकाशित

बाल्टिमोर, अमेरिका – संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालको प्रतिधित्व गरेर अमेरिका आउनु भएका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको सम्मानार्थ बाल्टिमोरमा भब्य रात्री भोज आयोजना गरिएको छ ।

उपप्रधानमन्त्री र उहाँको प्रतिनिधीमण्डलको स्वागतार्थ, अमेरिकाका लागी नेपाल सरकारका महावाणिज्यदुत श्री प्रेमराजा महतले गत आईतबार साँझ आफ्नै निवासमा भब्य रात्रीभोज आयोजना गर्नु भएको हो । रात्री–भोज आयोजना गर्न Baltimore Association of Nepalese in America (BANA) का अध्यक्ष बिजय श्रेष्ठले सहयोग गर्नुभएको थियो ।

अमेरिकाका लागी महामहिम राजदुत डा. शंकर प्रसाद शर्मा (पि. एच. डी) पनि रात्री–भोजमा संलग्न हुनुहुन्थ्यो ।

साथै, अमेरिका भ्रमणमा रहेका एमालेका नेता तथा नेपालका पुर्व गृहमन्त्ती भीम रावल पनी रात्री–भोजमा उपस्थित रहनु भएको थियो । परराष्ट्र मन्त्रालयका सचिब श्री दुर्गा प्रसाद भट्टराईको पनि रात्री–भोजमा संलग्नता रहेका थियो ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईका स्वकीय–सचिव श्री फणिन्द्र देवकोटा (गोरखा), परराष्ट्र मन्त्रालयका सह–सचिब (नायब सिष्टाचार महापाल) गणेश ढकाल, संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख दिपक धिताल, उप–प्रधानमन्त्रीका स्वकीय सचिब शंकर दुलाल र नेपाल टेलिभिजनका पत्रकार लगायत नेपाल देखि आएका
संयुक्त राष्ट्र संघीय प्रतिनिधी मण्डलका सबै सदस्यहरू रात्री-भोजमा उपस्थित हुनुहुन्थ्यो ।

उत्तर अमेरिकाकै जेठो संस्था अमेरिका नेपाल सोसाईटी, वाशिंगटन डि० सी० का निबर्तमान अध्यक्ष खेम भट्टचन, जोन्स हप्किन्स विश्वविद्यालयका रिसर्च फेलो पुर्ब हार्भार्ड विश्वविद्यालयका रिसर्च-साईन्टिस्ट डा. सुदिप श्रेष्ठ र हार्भार्ड बिश्वोबिद्यालय (पि. एच. डी.) डा. बिबेक पाण्डे पनी रात्री-भोजमा ऊपस्थित थिए ।

यसैगरी, नेपाली दुतावास वाशिंगटन डि. सीमा कार्यरत नेपाली डिप्लोम्याट्स अर्जुन कान्त मैनाली, जित बहादुर कार्की, लेखनाथ गौतम, हाकिम भण्डारी र सैनिक–सहचारी कर्नेल जसवन्त समशेर ज. ब. रा पनि रात्री भोजमा संलग्न हुनुहुन्थ्यो ।

न्युयोर्कदेखि आएका व्हाईट हिमाल टेलिभिजनका सुर्य थापा, क्यालिफोर्नियादेखि आएका अर्का पत्रकार जनक राना, भर्जिनिया देखि आएका डि० सी० नेपाल डटकम लगायतका नेपाली पत्रकारहरू, नेपालका राष्ट्रिय स्तरका कलाकारहरू, ‘बाना’ लगायत तनहुँ, कास्की, पर्बत र म्याग्दी-समाजका पदाधिकारीहरू, थकाली समाज, गुरुङ, मगर, तामांग, थारू, नेवास् , दलित, किराँत राई, लिम्बु जस्ता जनजाती संगठनका पदाधिकारीहरू, आमा समुह बाल्टिमोरका महिलाहरू, नेपाली चर्चका प्राईस्ट तथा उपप्रधानमन्त्रीको जिल्ला गोरखा जिल्लाबासीहरू, एक्स ब्रिटिश गुर्खाज अफिसर्स र नेपाली काँग्रेस, राप्रापा, नेकपा एमाले र माओबादीका कार्यकताहरू लगायत करिब दुईसय जती समाजसेवीहरू मन्त्री नारायणकाजी श्रेष्ठको सम्मानार्थ आयोजित रात्रीभोजमा उपस्थित थिए ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अक्टुबर ३ तारिख, बुधबार न्युयोर्कदेखि नेपाल फर्कंदै हुनुहुन्छ भने परराष्ट्र सचिब दुर्गा प्रसाद भट्टराई केहि समय न्युयोर्कस्थित संयुक्त राष्ट्र संघीय मिसनमा बसेर रिक्त रहेको UN Ambassador को काम गर्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।