एसएलसी अमर्यादित, नक्कली परीक्षार्थी पक्राउ, केन्द्रध्यक्ष निष्कासित

७ चैत्र २०६८, मंगलवार १४:५५ मा प्रकाशित

काठमाडौ, ७ चैत । बाँकेमा एसएलसी परीक्षामा संलग्न एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । बाँकेको कोहलपुर स्थित रहेको ज्ञानपुञ्ज सगरमाथा उच्च मावि परीक्षा केन्द्रमा अरूको परीक्षा दिन लागेको अवस्थामा चेकजाँचको क्रममा नक्कली परीक्षार्थी पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । भरतबहादुर कार्कीको नाममा वनकटुवा ४ जि गाउँका प्रदिप बुढालाई पक्राउ गरिएको हो । त्यस्तै आजको अङ्गे्रजी विषयको परीक्षामा अमर्यादित गतिविधि गर्ने ६ जना परीक्षार्थीहरुलाई रेष्टिगेट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सहिद स्मारक मावि कम्दी केन्द्रबाट सहिद स्मारक मावि कम्दीकै  विद्यार्थी महेशकुमार मौर्य, ज्ञानदीप उमाविका  विद्यार्थी ओम प्रकाश सिजाली पसुपति माविका विद्यार्थी गंगोत्री कुमारी बर्मा रहेका छन् त्यस्तै भुरभवानी परीक्षा केन्द्रबाट जनशक्ति उच्च माविका विद्यार्थी लोकराज चौधरी, कृष्णबहादुर पुनमगर र सरस्वती माविकी लक्ष्मी कुमारी थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता उदय तामाङले बताउनुभएको छ ।
त्यस्तै आजदेखि सञ्चालन भएको एसएलसी परीक्षामा अमर्यादित कार्य गरेको भन्दै ताप्लेजुङमा एक केन्द्राध्यक्षसहित तीन निरीक्षक निस्काशित भएका छन् । परीक्षालाई अमर्यादित ढङ्गले सञ्चालन गरेको भन्दै बाल सुवोदिनी संस्कृत उच्च मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष नारायणप्रसाद उप्रेतीलाई निस्काशन गरिएको जिल्ला स्थित परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी देवराज ढकालले जानकारी दिनुभयो । त्यस्तै भानु केन्द्रबाट एकजना अपाङ्ग तथा कारागारबाट चारजना कैदीहरुले समेत परीक्षा लेखिएको जिल्ल्ला शिक्षा कार्यालयले जनाएको छ । १६ बटा केन्द्र रहेको ताप्लेजुङमा यो वर्ष नियमिततर्फ ३ हजार १७ र आशिंकतर्फ ४ सय ४६ परीक्षार्थीले परीक्षा फारम भरेपनि २७ जना परीक्षार्थी आजको परीक्षामा अनुत्तीर्ण भएका छन् । उता खुल्ला शिक्षा अन्तर्गत २३ जना परीक्षार्थी सामेल भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ ।

यता प्रवेशिका परीक्षा एसएलसीको आज भएको अनिवार्य अंग्रेजी विषयको परिक्षामा गुल्मीवाट परिक्षाको मर्यादाविपरित काम गर्ने ४ जना विद्यार्थी निष्कासित भएका छन् । परिक्षाको मर्यादा विपरितको क्रियाकलाप गर्ने शान्तिपुर परिक्षा केन्द्रवाट उदय उच्च माविका १ जना विद्यार्थीलाई सवै विषयको परिक्षा दिन नपाउने गरी निष्काशन गरिएको परिक्षा समन्वय समितीका प्रवक्ता थानेश्वर घिमिरेले जानकारी दिनुभएको छ । घिमिरेले दिएको जानकारी अनुसार आजको परिक्षावाट पुर्कोट परिक्षा केन्द्रवाट २ जना र छापचौर परिक्षा केन्द्रवाट सुक्र मावि खड्कोटका १ जनालाई निष्कासन गरिएको छ । यस्तै पुर्कोट परिक्षा केन्द्रमा २० मिनेट ढिलो गरी परीक्षा सुरु भएको छ । विद्यार्थीहरुको चेकजाँज राम्रोसँग गर्दा परिक्षा सञ्चालनमा ढिलाई भएको केन्दाध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो । परिक्षा समन्वय समितीले जिल्लाका ३० ओटै परिक्षा केन्द्रमा शान्तीपुर्ण वातावरणमा मर्यादित तरिकाले परिक्षा सञ्चालन भएको दावी गरेको छ । यता अर्घाखाँचीको वल्कोट परीक्षा केन्द्रवाट ६ जना निष्कासित भएका छन् । महेन्द्र विद्यावोध उच्च माविवाट १ जना र चन्द्र मावि चिदिकावाट ५ जना निष्कासित भएको परिक्षा समन्वय समितीले जनाएको छ ।

त्यसैगरी बाँकेमा एसएलसी परिक्षामा संलग्न एक जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । बााकेको कोहल पुर स्थित रहेको ज्ञान पुञ्ज सगरमाथा उच्च मावि परिक्षा केन्द्रमा अरुको परिक्षा दिन लागेको अवस्थामा चेकजाँचको क्रममा नक्कली परिक्षार्थी पक्राउ परेको ईलाका प्रहरी कार्यल य कोलपुरले जनाएके छ । भरत बहादुर कार्की को नाममा वनकटुवा ४ जि गाउँका प्रदिप बुढालाई प्रक्राउ गरिएको हो । पक्राउ परेका बुढालाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यलय कोहल पुरमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे