कोरियामा नेपालीका समस्या अध्ययन गर्न नेपाल सरकारको तर्फबाट पहिलो पटक ‘अध्ययन कमिटी’ गठन

१७ आश्विन २०६९, बुधबार २०:०१ मा प्रकाशित

कृष्ण बस्याल, कोरिया । कोरियामा नेपालीहरूले भोग्नुपरेको समस्याको बिषयमा अध्ययन गर्न नेपाल सरकारको तर्फबाट पहिलो पटक अध्यन कमिटी गठन गरिएको छ । कोरियामा पहिल्ला समयमा आत्महत्या गर्ने नेपालीका संख्या बढ्दै गर्दा दुतावासले कोरियाका बरिष्ठ कानुन बिज्ञको अध्यक्षतामा ५ सदस्यिय कमिटी गठन गरेको हो । कोरियाको तर्फबाट सयुंक्त राष्ट्र संघ लगायत अन्य मुलुकहरुमा प्रतिनिधित्व गरिसकेका बरिष्ठ कानुन विज्ञ सेउन की पार्कको अध्यक्षतामा गठन गरिएको उक्त कमिटीमा अर्का कोरियन विज्ञ पार्क बोकी, डा देवी बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ कोरिया शाखाको प्रतिनिधीको रुपमा सचिव अशोक प्रसाद मैनाली र कृष्ण राई रहेका छन्।

उक्त अध्ययन कमिटीलाई कोरियमा रहेका नेपालिहरूको वास्तविक अवस्था, भोग्नुपरेका समस्या, दुर्घटना र मृत्‍युको (आत्मह्त्या गर्नुको )कारणको बिषयमा गहिराईमा पुगेर अध्यन गर्न जिम्मेवारी दिईएको अध्यन कमिटीका एक सदस्यले नेपालकोरियाटाम्सलाई बताएका छ्न्। दूतावासको पछिल्लो यो निर्णयलाई कोरियाका सामाजिक संघ संस्था र अधिकाकर्मीहरुले स्वागत गरेका छन्। उनिहरुले यो कमिटी धेरै अगाडी गठन हुनु पर्ने भन्दै ढिला नै गठन गरेर नेपालीका समस्या अध्यन गरेर समाधानका लागी दूतावासले पहलकदमी लिएको प्रति आफूहरूको सहयोग र समर्थन रहने प्रतिवद्दता पनी व्यक्त गरेका छन्। एन आर एन कोरियाका अध्यक्ष केपी सिटौलाले यो राम्रो सुरुवात भएको भन्दै उक्त अध्ययन कमिटीलाई आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताएका छन्। कतिपयले उक्त कमिटीको आकार केही ठुलो बनाउनु पर्ने माग गरेको भए पनी दूतावासले भने सिमित स्रोत र साधनको कारण उक्त छरितो टिम गठन गरिएको बताउंदै उक्त कमिटीलाई सहयोग गर्न सम्पुर्ण कोरियबासी नेपालिहरूलाई आग्रह गरेको छ।

उता नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष खेम कार्कीले दूतावासले पहिलो चोटी नेपाल पत्रकार महासंघलाई संस्थागत रुपमा सम्बोधन गरिएको भन्दै खुशी ब्यक्त गरेका छन्। साथै उनले यो कमीटीलाई महासंघले सक्दो सहयोग गर्ने बताउंदै पत्रकार महासंघ कोरिया शाखालाई राज्यको चौथो अंगको रुपमा व्यवहार गर्न माग पनी गरेका छन्। स्मरण रहोस् दूतावासले पहिलो चोटी पत्रकार महासंघ कोरिया शाखालाई संस्थागत रुपमा सम्बोधन गरेको छ हाल सम्म कोरियाका अन्य कुनै पनी संस्थालाई दूतावासले औपचारिक रुपमा सम्बोधन गरिसकेको छैन। उक्त अध्ययन कमिटीका संयोजक लगायत सबै सदस्यहरूलाई दूतावासले औपचारिक पत्र पठाईसकेको र उक्त अध्ययन कमिटीको कार्यलय दूतावासमा नै हुने पनी यस अघि नै स्पष्ट पारिसकिएको छ। कमिटीले केही दिन भित्रै आफ्नो काम थाल्ने बताईएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले