भारतमा नेपाली कांग्रेसको विस्तार

१७ आश्विन २०६९, बुधबार २०:०४ मा प्रकाशित

दिपेश केसी, नयांदिल्लीं, १७ असोज । नेपाली कांग्रेसले भारत प्रवासमा व्यापक संगठन विस्तार गरेको छ । केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख धनराज गुरुङ, नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे र नेविसंघ भारत शाखाका संयोजक सन्दीप रानासहितको टोलीले प्रमुख सहरहरूमा पुगी नयां सदस्यता वितरणका साथै प्रशिक्षणसमेत दिएका छन् । उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भए–गरेका भ्रमपूर्ण गतिविधिबारेसमेत दरिलो धारणा राखी कांग्रेसले मात्र लोकतन्त्र र राष्ट्रियताको विकासमा भूमिका निर्वाह गर्न सक्नेबारे प्रवासी नेपालीलाई स्पष्ट पारे ।

गुरुङको उपस्थितिमा हजारौंको सङ्ख्यामा कांग्रेस प्रवेश गर्ने लहर चल्यो । विगतमा विभिन्न दलसंग निकट रहेकाहरू कांग्रेसमा प्रवेश गर्नुका साथै युवाहरूसमेतले सदस्यता लिए । नेविसंघको भारत शाखा पनि व्यापक विस्तार भएको छ । गत हप्ता र यस हप्ता गरी उत्तर भारतको दिल्ली र चण्डीगढ, मध्यभारतको भोपाल, हैदरावाद, पुने, मुम्बई हुंदै मद्राससम्म कार्यक्रम भएका छन् । यस क्रममा हजारौं प्रवासीको उत्साहजनक सहभागिता भयो । प्रवासी नेपालीमध्ये कतिपय माओवादी हिंसाबाट प्रताडितहरू थिए । उनीहरूले माओवादीका कारण अझै गाउं फर्कन समस्या रहेको दुखेसो पोख्दै काङ्ग्रेसले त्यसको सशक्त प्रतिकार गर्नुपर्ने बताएका थिए ।
कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपालको राष्ट्रिय एकतालाई भत्काउन चौतर्फी षड्यन्त्र भइरहेकोले सचेत हुनुपर्नेमा जोड दिए । देशलाई कमजोर पार्न लागेकाहरूको चुनौतीलाई सामना गर्न सच्चा देशभक्तहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो । उनले माओवादी चुनावको पक्षमा नरहेको र उसको रणनीतिबाट कोही पनि झुक्किन नहुनेसमेत स्पष्ट पारे । नेपालको राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै माओवादीको अवसरवादी चरित्र जिम्मेवार भएको बताए । सत्ताका लागि माओवादी जेसुकै गर्न तयार भएर प्रस्तुत भएको उनको भनाइ थियो । विगतमा राष्ट्रियताको ठूला कुरा गर्ने माओवादीको यथार्थ छताछुल्ल भइसकेकाले जनताले उचित समयमा देखाइदिने बताए । उनले भने, ‘कहिले देशमा रक्तपात गराउने त कहिले देशलाई नै दाउमा राख्ने माओवादीले बर्बाद गरिसके ।’
प्रवासमा रहेका नेपालीहरूले राष्ट्रियताका सवालमा आफूलाई सशक्त रुपमा प्रस्तुत गर्ने गरेकोमा धन्यवाद व्यक्त गरे । उनले भने, ‘तपाईंहरू विदेशमा रहे पनि छातीमा नेपाललाई राख्नुहुन्छ, तपाईंहरूको आत्मामा नेपाली माटो छ ।’ नेपालीहरू आफ्नै भूमिमा अधिकतम रोजगार हुनसक्ने वातावरणको विकास गर्नुपर्नेमा उनको जोड थियो । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भारत प्रवासमा रहेका नेपालीले देशको राजनीतिक परिवर्तन र विकासमा सधैं उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गर्दै अहिलेको चुनौतीसंग जुध्न आफूहरू सशक्त रूपमा उभिन तयार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार