एसपी महेशसंग स्पष्टीकरण

१७ आश्विन २०६९, बुधबार १९:३३ मा प्रकाशित

काठमाडौं, १७ असोज । नेपाल प्रहरीका उपरीक्षक महेशविक्रम शाहसंग प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण मागेको छ । शाहले एक दैनिक पत्रिकामा लेख लेखी प्रहरी सङ्गठनको विगतका नेतृत्वमाथि विभिन्न आक्षेप लगाएका र वर्तमान नेतृत्वलाई शालीन ढङ्गले चुनौती दिएका थिए । तर, शाहलाई के लेखे भन्ने आधारमा नभई किन लेखे भन्ने आधारमा स्पष्टीकरण मागेको बुझिएको छ । विश्वको कुनै पनि फौजी सङ्गठनका सदस्यले आफू पदमा बहाल रहेको अवस्थामा पत्रपत्रिकामा लेख प्रकाशित गरी सुझाव या चुनौती दिनुलाई शोभनीय र जायज मानिंदैन । आफ्ना कुराहरू आफ्नै च्यानलमार्फत भनेर सम्बन्धित अधिकारीसमक्ष पुVयाउनुपर्ने अनुशासन फौजमा कायम गरिएको हुन्छ । तर, शाहले प्रहरी सङ्गठनको मर्यादामा नै आंच पुग्नेगरी लेख प्रकाशित गरेको ठानिएको छ । त्यसैले अनुशासन भङ्ग गरेकोमा उनलाई नसियत दिने उद्देश्यले स्पष्टीकरण मागेको बताइएको छ । गत आइतबार प्रकाशित कान्तिपुर दैनिकमा उनले लेखेका थिए, ‘वर्षामा ओढ्नु भनेर सङ्गठनले प्रदान गरेको छाता उनले आफूले नओढी अरूलाई दिए भने उनलाई वर्षाबाट कसैले बचाउन सक्नेछैन… प्रहरीजस्तो सङ्गठनमा जवानदेखि आईजीपीसम्मले जनताकै भाषा बोल्नुपर्छ, दरबारिया भाषा होइन… आजको युगमा नेतृत्व नै नमुना बन्नुपर्ने हुंदा नेतृत्वकर्ताले आफूलाई सर्वशक्तिमान प्रभु ठान्ने र तजबिजी शैलीमा जे पनि गर्ने मानसिकता त्याग्नु सबभन्दा जरुरी हुन्छ…।’ यस्तै–यस्तै अनेक सुझाव र चुनौती उपरीक्षक शाहले लेखमार्फत दिएका छन् । शाहको यस्तो हर्कतलाई अनुशासनको गम्भीर उल्लङ्घनको रूपमा लिइएको छ । कुनै बुद्धिजीवी या साधारण नागरिक लेखकका रूपमा कसैले त्यसप्रकारको लेख प्रकाशित गरेको भए त्यो स्वाभाविक र प्रशंसनीय मानिन्थ्यो, प्रहरी अधिकृत नभईकन स्वयम् शाहले यस प्रकारको लेख प्रकाशित गरेको भए पनि त्यसलाई जायज ठानिन्थ्यो, किनभने लेखमा उल्लिखित कुनै पनि अङ्श सामान्यतया आपत्तिजनक देखिंदैन । तर, उपरीक्षक तहका व्यक्ति त्यसरी आफ्नै सङ्गठनको बद्ख्वाइं गर्न अग्रसर हुनुलाईचाहिं कसैले पनि जायज र स्वाभाविक मान्न सकेका छैनन् । शाहले झैं अब हरेक प्रहरी अधिकृत या जवानहरूले अखबारमा लेख लेखेर आफ्ना असन्तुष्टि पोख्न थाले भने प्रहरी सङ्गठनको अवस्था कस्तो होला ? प्रश्न गम्भीर रूपमा उठेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्