अमेरिका छिर्न ताइवानीलाई भिसा नचाहिने

१७ आश्विन २०६९, बुधबार १९:२८ मा प्रकाशित

 काठमाडौं, १७ असोज । संयुक्त राज्य अमेरिकाले ताइवानीलाई अमेरिकी प्रवेशाज्ञा नचाहिने व्यवस्था लागू गरेको छ। पर्यटन प्रवर्द्धनका लागि यस्तो नीति अवलम्वन गरिएको अमेरिकी अधिकारीहरुलाई उद्दत गर्दे एजेन्सीहरुले उल्लेख गरेका छन् । ह्वाइटहाउसले जनाएअनुसार अब ताइवानीहरुले विना कुनै भिसा ९० दिनसम्म अमेरिका डुल्न सक्छन्। ताइवान भिसा नलागी अमेरिका छिर्न पाउने पछिल्लो मुलुक बनेको छ। योसहित अमेरिका जान भिसा लगाउन नपर्ने मुलुकको संख्या ३६ पुगेको छ। अमेरिकाले सैनिक सम्वन्ध, आर्थिक सम्वन्ध र जनता जनताबीचको सम्वन्धका आधारमा ताइवानीलाई प्रवेशाज्ञामा सुविधा उपलव्ध गराइएको जनाएको छ। सन् १९४९ देखि स्वायत्तरुपमा रहेको ताइवान चीनको भूमिमा पर्छ। ताइवानमाथि चीनले आफ्नो भूमी भएको दावी गर्दै आएको छ। ताइवानी नागरिकलाई उपलव्ध गराइएको सुविधाबारे अमेरिकाले चीनसँग कुनै छलफल भने गरेको छैन। युरोपेली संघले सन् २०१० मा नै ताइवानीलाई भिसा फ्री गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना

न्युयाेर्क । वैज्ञानिकहरुले खुला सागरको एउटा क्षेत्रमा प्लाष्टिकको थुप्रोमा बस्ने समुद्री जनावरहरु पत्ता लगाएका छन् । वैज्ञानिकहरुले साे क्षेत्रलाई ग्रेट

लन्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अहिले पनि

इलाम।चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट निर्यात हुने सामग्रीको आम्दानी १०४.३ प्रतिशतले बढेको छ । तर, निर्यातमा मुख्य हिस्सा