जनमत सङ्ग्रह संघीयताको विवाद टुङग्याउनु पर्ने ओलीको भनाई

७ चैत्र २०६८, मंगलवार १४:४७ मा प्रकाशित

काठमाडौ, ७ चैत । नेकपा (एमाले) का नेता केपी ओलीले सङ्घीयतासम्बन्धी विवाद समाधान गर्न जनमत सङ्ग्रहमा जानुपर्ने बताउनुभएको छ । एमाले अञ्चल समन्वय कमिटी कोसीले विरोटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता ओलीले सङ्घीयता कायम गर्ने सम्बन्धमा व्यापक समर्थन र विरोध भएकाले जनमत सङ्ग्रह नै उत्तम विकल्प रहेको तर्क दिनुभयो । आफू व्यक्तिगतरुपमा सङ्घीयताको विपक्षमा नरहेको उल्लेख गर्दै ओलीले सङ्घीयताले राष्ट्रिय एकता र अखण्डतामा असर पर्छ र हिंसात्मक गतिविधि उत्पन्न हुन्छ भने त्यसको समाधान जनमतसङ्ग्रहबाट खोजिनुपर्ने तर्क गर्नुभयो । नेता ओलीले वर्तमान सरकारको नेतृत्व गरेर एकीकृत नेकपा माओवादी पार्टी आन्तरिक द्वन्द्वले कमजोर भएको र सरकार चलाउन पनि सक्ने अवस्थामा नरहेको उहाँले स्पष्ट गर्नुभयो । वर्तमान लोकतान्त्रिक सङ्कटपूर्ण अवस्थामा प्रतिगामी शक्ति सल्बलाउने र माओवादीले सत्ता कब्जा गर्ने स्थिति नरहेको स्पष्ट गर्दै नेता ओलीले वर्तमान सरकार भ्रष्टहरूको अखडा रहेको समेत आरोप लगाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी