चाडपर्वभर विशेष सुरक्षा योजना

१७ आश्विन २०६९, बुधबार १९:०३ मा प्रकाशित

काठमाडौं, १७ असोज । बिजयादशमी, तिहार तथा छठ पर्व २०६९ का अवसरमा उपत्यकामा कुनै किसिमको अवान्छित तथा आपराधिक घटनाहरु हुन, गर्न नपाउने व्यवस्था मिलाई शान्ति सुव्यवस्था कायम गरी प्रभावकारी प्रहरी सेवा पुरयाउने लक्ष्यका साथ महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक परशुराम खत्रीले उक्त योजनाबारे जानकारी दिनुहुँदै चाडपर्वका अवसरमा हुने अवान्छित गतिविधिहरु, सुरक्षा संवेदनशीलता तथा चासोका क्षेत्रहरु, आपराधिक कार्यविधि, घटन सक्ने सम्भावित अपराध र चुनौतीहरु, कार्ययोजना, सुरक्षा रणनीति, कारबाही अवधि, प्रहरीद्वारा थप गतिविधि, सुरक्षा सम्बन्धी जनचेतनामुलक सन्देशहरुबारे जानकारी गराउनुको साथै विगतमा चाडपर्वका अवसरमा भएका मुख्य घटनाहरु र तिनको पहिचान लक्षित कारबाहीबारे उल्लेख गर्नुभयो ।

चाडपर्वका अवसरमा काठमाडौं, ललितपुर र भक्तपुर परिसरबाट गरी कुल ३ हजार ९ सय ९२ प्रहरी जनशक्ति परिचालन गरिनुको साथै सुरक्षा सम्बन्धी थप गतिविधिहरु गरिने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक खत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक लब विष्ट र प्रहरी बरिष्ठ उपरीक्षक भोगबहादुर थापाले संचारकर्मीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार