सरकारको लापरवाहीले शैक्षिक गुणस्तर कायम नभएको आरोप

१७ आश्विन २०६९, बुधबार १०:०३ मा प्रकाशित

हरिप्रसाद नेपाली, अर्घाखाँची, असोज १७ । अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष नरेन्द्रबहादुर थापाले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारले ध्यान नदिएको आरोप लगाएका छन् । अखिल नेपाल शिक्षक संघको २८ औं स्थापना दिवसको सन्दर्भमा जिल्ला समिति अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको ‘गुणस्तरीय शिक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष थापाले सामुदायिकीकरण गरी सरकार शिक्षा क्षेत्रबाट उम्कन खोजेको बताउंदै सामुदायिककरण नीति खारेज गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्तव्य राख्दै जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले शैक्षिक गुणस्तर वृद्धिका लागि आफुहरु जस्तोसुकै पहल र सहयोग गर्न तयार रहेको बताए । उनले बाहिर हल्लामा आएजस्तो शिक्षामा राजनीतिक हस्तक्षेप नभएको समेत दावी गरे ।
जिल्लामा क्रियाशिल सम्पुर्ण पेशागत संगठनका प्रतिनिधीहरु सहभागी अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य कृष्णप्रसाद वन्जाडेले गुणस्तरीय शिक्षा आजको आवश्यकता विषयमा कार्यपत्र पेश गरेका थिए ।
कार्यक्रम अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता, सचिव दलबहादुर के.सी. को सञ्चालन र जिल्ला उपाध्यक्ष कमला गैरेको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु