२ हजार खसी–बोका राजधानी लगिंदै

१७ आश्विन २०६९, बुधबार १०:०२ मा प्रकाशित

भावुक आचार्य, नेपालगन्ज, १७ असोज । दसैंका लागि यसपटक बाँकेबाट करिब दुई हजार खसी–बोका राजधानी पुरयाईने भएको छ । नेपाल खाद्य संस्थान भेरी अञ्चल कार्यालय नेपालगन्जले बांकेको कोहलपुर र आसपासका क्षेत्रमा खसीबोका खरिदकेन्द्र स्थापना गरि आगमी १९ देखि २१ गतेभित्र दुइहजार खसीबोका राजधानी पुर्याइने जनाएको छ ।
सस्थानका अञ्चल कार्यालय प्रमुख शंकर सापकोटाले तत्कालै मुल्य निर्धारण गरेर धमाधम खसी–बोका खरिद गरिने बताउनुभयो । प्रमुख सापकोटा लगायतको टोलील मङ्गलबार कोहलपुर आसपासका क्षेत्रको खसीबोकाको बजार अवस्थाबारे जानकारी लिइसकेको छ ।
अघिल्ला दुइबर्षभन्दा यसपटक बढी नै खसीबोका नेपालगञ्जबाट राजधानी लगिन थालिएको हो । गतबर्ष १ हजार २ सय र दुइबर्षअघि १ हजार ५ सय खसीबोका राजधानी लगिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार