बौद्धमार्गीमाथि आक्रमणको भत्र्सना

१७ आश्विन २०६९, बुधबार ०८:०३ मा प्रकाशित

काठमाडौं, १७ असोज । सामाजिक सञ्जाल फेसबुकमा मुस्लिम धर्मावलम्बीको भावनामा ठेस पुग्ने तस्बिर राखिएको निहुंमा बंगलादेशमा बौद्ध धर्मावलम्बीमाथि आक्रमण गरिनुका साथै बौद्ध बिहारहरु भत्काइएको घटनाको नेपाल रिपब्लिक पार्टीले भत्र्सना गरेको छ । सो पार्टीका अध्यक्ष सिद्धार्थ गौतमले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपालका सपूत, विश्वशान्ति तथा करुणाका अग्रदूत भगवान् बुद्ध र बौद्ध धर्म–दर्शनप्रति आस्थावान नेपाल रिपब्लिक पार्टी यस घटनाप्रति दुःख प्रकट गर्छ भन्दै घटनाका दोषी पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । भविष्यमा यस किसिमका घटना नदोहोरिने प्रत्याभूति गर्दै अल्पसङ्ख्यक बौद्ध समुदायलाई आफ्नो सुरक्षाप्रति आश्वस्त तुल्याउन सो पार्टीले नेपालस्थित बंगलादेश राजदूतावासमार्फत् बंगलादेश सरकारसंग जोडदार आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘विभिन्न धार्मिक, सामाजिक समुदायबीचको आपसी सद्भाव, सम्मान र सौहार्दताले नै विश्वमा शान्ति कायम रहन सक्छ र विश्वबन्धुत्व कायम हुन सक्छ । कुनै पनि बहानामा एक समुदायमाथिको हिंसा, असहिष्णुता र आक्रमणले अन्य स्थानमा प्रतिक्रिया जन्माउन सक्ने र त्यसको लहर नै चल्न सक्नेतर्फ सबै सचेत रहनुपर्छ र यस्तो सम्भावनालाई जरोबाटै समाप्त पार्नेतर्फ लाग्नुपर्छ भन्ने यस पार्टीको मँन्यता रहिआएको छ । अनायास आइलागेको यो आतंकपूर्ण घटनाबाट पीडित समस्त बंगलादेशी बौद्ध समुदायप्रति भगवान् बुद्धको जन्भूमि नेपालका तर्फबाट नेपाल रिपब्लिक पार्टी ऐक्यबद्धता जाहेर गर्दछ र विश्वभरका बौद्ध समुदायलाई ऐक्यबद्धताका साथ अगाडि आउन हार्दिक आह्वानसमेत गर्दछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले