हिसिला र आरजुले देखाए ‘शक्ति’, आफ्नो जोगाउने अरूको भत्काउने

१७ आश्विन २०६९, बुधबार ०७:५४ मा प्रकाशित

काठमाडौं, १७ असोज । सर्वसाधारण जनताको घर बुल्डोजर लगाएर भत्काउंदै ‘बहादुरीपूर्वक’ उपत्यकाको सडक विस्तार गरिएको भए पनि दुई ‘वलवान’ महिलाले भने सरकारको साहसलाई खिल्ली उडाएका छन् । सरकारको खिल्ली उडाउने अरू कोही नभएर स्वयम् प्रधानमन्त्री डा. बाबुराम भट्टराईपत्नी हिसिला यमी र पुर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवा हुन् । उनीहरूले आफ्नो माइती खलकको बसोबास रहेको क्षेत्रको सडक विस्तारकार्यलाई प्रभावित गरेका हुन् ।
प्रधानमन्त्री भट्टराईपत्नी यमीले आफ्नो माइती खलकको बसोबास रहेको मैतीदेवी–डिल्लीबजार क्षेत्रको सडक विस्तारकार्य अवरुद्ध पारेकी छिन् । सो क्षेत्रमा यमीका दाजुभाइहरूको बसोबास रहेको छ । ‘मेडमको राजधानीका धेरै स्थानमा आफन्तहरू छन्,’ यमीका सहयोगी पुरुषोत्तम खनालले भने, ‘त्यस्तै डिल्लीबजारमा पनि उहांका दाजुभाइहरू हुनुहुन्छ ।’ ‘मेडम महिलासम्बन्धी कार्यक्रममा व्यस्त रहनुहुन्छ,’ खनालले भने, ‘हामीलाई यसबारेमा केही जानकारी हुंदैन र राख्ने कुरा पनि आउंदैन ।’
स्रोतका अनुसार यमीले सो क्षेत्रको सडक विस्तार कार्यक्रम स्थगित गर्न सहरी विकास प्राधिकरणलाई ठाडो निर्देशन दिएकी थिइन् । यमीकै बलमा प्राधिकरण प्रमुख बनेका केशव स्थापितले पनि उनकै भनाइलाई शिरोधार्य गर्दै सो क्षेत्रको सडक विस्तारकार्य रोक्न निर्देशन दिएका छन् । यमीले मैतीदेवी–डिल्लीबजार क्षेत्रको मात्र नभएर असन, इन्द्रचोकलगायतका क्षेत्रको सडक विस्तार पनि अघि नबढाउन भनेकी छिन् । तर, प्राधिकरण प्रमुख भने सो क्षेत्रका बासिन्दाको अवरोधका कारण समस्या देखिएको बताउ“छन् । उनले सडक विस्तारमा परेको घरपरिवारलाई कुनै खुला स्थानमा बसोबास गर्ने व्यवस्था मिलेमा सो कार्य सजिलो हुने बताउंदै आएका छन् ।
त्यस्तै, पूर्वप्रधानमन्त्री देउवापत्नी आरजु राणाले पनि आफ्नो माइती खलक र मामाहरूको घरजग्गा भत्काउन नदिएर सडक सांघुरो बनाउन सरकारलाई बाध्य पारेकी छिन् । आरजुले आफू तथा आफ्नो माइतीको स्वामित्वमा रहेको एकान्तकुनास्थित घरजग्गा जोगाउन चौध मिटर मात्र सडक फराकिलो पार्न बाध्य बनाएकी हुन् । सो क्षेत्रमा जुद्धशमशेरले छोराको मान्यता दिएपछि शमशेर बनेका विनोद तथा उनका मामा हिम्मतसिंलगायतको जग्गा छ । स्थानीयवासीका अनुसार आरजु तथा उनका आफन्तहरूको सम्पत्ति जोगाउनकै निम्ति सरकारले जाउलाखेलदेखि एकान्तकुना चक्रपथसम्मको मूल सडक चौध मिटरमै सीमित गर्ने भएको छ । तर, सो मूलबाटो जोड्ने नख्खु, एकान्तकुना र भनिमण्डलको बाटो भने २२ मिटर फराकिलो पारिएको छ । सो क्षेत्रमा कुनै नेताका ससुराली नभएको तथा नेताहरूको घर पनि नपरेकोले आवश्यकताभन्दा पनि बढी फराकिलो सडक बनाइएको स्थानीयवासीको आरोप छ । स्थानीयवासी जाउलाखेलदेखि एकान्तकुनासम्मको मूल सडक चौध मिटर तथा त्यसमा जोडिने सहायक सडक भने २२ मिटर बनाएकोमा क्रूद्ध बनेका छन् । उनीहरूको भनाइ छ– मूल सडक पनि २२ मिटरकै बनाउनुपर्छ ।
प्राधिकरणका प्रमुख केशव स्थापितले भने आवश्यकताअनुसारको सडक विस्तार गरिने बताए । उनले भने, ‘कहीं सानो र कहीं ठूलो सडक त हुन्छ, तर, हामी न्यायोचित ढङ्गले सडक विस्तार गरिरहेका छौं ।’ उनले डिल्लीबजार क्षेत्रका सडक फराकिलो पारिने बताए । उनले भने, ‘हामी उपत्यकाका सबै क्षेत्रका सडक फराकिलो पार्छौं, सडक फराकिलो पार्ने क्रममा आएका कुनै पनि दबाबले केही काम गर्दैन । कतै त्यस्तो दबाब आइप¥यो भने अझ बढी भत्काइन्छ ।’
यता ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक विस्तारको काम जारी रहेको जनाएको छ । सरकारले सहरी विकास प्राधिकरण बनाएलगत्तै केही समय रोकिएको थियो तर, अहिले तीव्र रूपमा काम अघि बढेको छ । सडक विस्तारकार्यलाई रोकी भत्काएको सडक संरचनाको निर्माण गर्ने, सडकको स्तरोन्नतिलगायतका काम भइरहेको ट्राफिक प्रहरी महाशाखाका डीएसपी पवन गिरीले बताए । उनका अनुसार चौडा पारिएका सडकमा हटाउन बांकी संरचनाहरू हटाउने, रिटेनिङ वाल लगाउने, ढल राख्ने, बिजुलीका पोलहरू सार्ने, खानेपानीका पाइपहरूलाई व्यवस्थित गर्ने काम भइरहेको छ ।
विस्तार गरिएका मुख्य सडकहरूलाई व्यवस्थित बनाउन थालिए पनि भित्री सडकमा मर्मतको काम नहुंदा हिंडडुलमा समस्या हुने गरेको छ । भत्काइएका घर–पर्खालका इंटाढुङ्गा नउठाइंदा सडकमा फैलिने धुलो उड्ने र पानी पर्दा हिलो भएर हिंडडुल गर्न कठिन हुने गरेकोले विस्तारै र व्यवस्थित रूपमा काम भइरहेको महाशाखाको भनाइ छ ।
यसैबीच सरकारले राजधानीका विभिन्न स्थानमा सडक क्षेत्र विस्तार गर्ने क्रमलाई तीव्रता दिंदै पशुपति क्षेत्रको सडक विस्तारकार्यलाई पनि फराकिलो पर्ने भन्दै भत्काए पनि युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौंका सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी दिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा अनधिकृत रूपमा तिलगंगा–ताम्रगंगा सडक विस्तार गरेको भन्दै यस्तो चेतावनी दिएको पुरातŒव विभागका महानिर्देशक भेÈनारायण दाहालले बताएका छन् । उनका अनुसार सन् २०१३ को जुनमा हुने युनेस्कोको ३७औं बैठकले नेपाललाई खतराको सूचीमा राख्ने सम्भावना छ ।
‘दुईपटकसम्म खतराको सूचीमा परेको राष्ट्रलाई युनेस्कोले चाहेमा विश्व सम्पदा सूचीबाट सधैंका लागि हटाउन सक्छ,’ पशुपति स्मारक क्षेत्रभित्र श्लेष्मान्तक वनलाई समेत दुई भागमा विभाजन गरी पुरातŒव विभाग र पशुपति विकास कोÈको स्वीकृतिबिना बाटो खोलिएको छ । युनेस्कोले उक्त बाटो बन्द गर्न पांच वर्र्षखि पटक–पटक चेतावनी दिए पनि अझै कार्यान्वयन भएको छैन । उक्त बाटो बन्द नगरे पशुपति क्षेत्र मात्रै नभई उपत्यकाका सातवटा सम्पदा खतराको सूचीमा पर्ने दाहालले बताए । त्यसअघि गोरेटो मात्रै रहेको उक्त बाटोलाई हिसिला यमी भौतिक योजना तथा निर्माण्मन्त्री भएका बेला ठाडो निर्देशनले डोजर लगाएर फराकिलो बनाउन लगाएकी थिइन् । विश्व सम्पदामा सांस्कृतिकतर्फ काठमाडौं, भक्तपुर र ललितपुरका दरबार, चांगुनारायण, पशुपति, स्वयम्भू र बौद्ध सूचीकृत भएका छन् । सातवटा सम्पदा सन् १९७९ मा सूचीकृत भएका हुन् । लुम्बिनी सन् १९९७ मा सूचीकृत भएको हो । प्राकृतिकतर्फ चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा पर्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी