चिनियां कम्पनीको यो कस्तो प्रवृत्ति ?

१७ आश्विन २०६९, बुधबार ०७:४८ मा प्रकाशित

काठमाडौं, १७ असोज । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक परामर्श गर्न सरकारद्वारा चीन पठाइएको टोलीका एक सदस्य राजकाजी गुरुङ सोमबार काठमाडौं फर्किएका छन् । पर्यटनसचिवको नेतृत्वमा चीन पठाइएको टोलीका सदस्य राजकाजी गुरुङ दिवंगत संविधानसभाका सदस्य हुन् र उनी पोखरामा विमानस्थल निर्माण अभियान सञ्चालन गर्ने भन्दै पचास लाख रुपैयां हजम गरेको आरोपमा विवादमा तानिएका थिए ।
सुरुमा १५ अर्ब रुपैयांको लागत इस्टिमेट गरिएको पोखरा विमानस्थलको लागत बढाएर पछि २७ अर्ब पु¥याइएको थियो । सोमध्ये सात अर्ब रुपैयां ‘कमिसन’का रूपमा सत्ताधारीहरूले बांडी खाने योजना बनाएको बताइन्छ । आयोजना सुरु नहुंदै कमिसन खाने उद्देश्यले लागत रकममा अत्यधिक वृद्धि गरेपछि विमानस्थल निर्माण प्रक्रिया विवादमा परी अवरुद्ध हुन पुगेको छ । अवरुद्ध प्रक्रियालाई सुचारु गर्न सरकारले चिनियां पक्षसंग छलफल गर्न पठाएको टोलीले के ग¥यो बुझ्न सकिएको छैन । यस सम्बन्धमा राजकाजी गुरुङसंग उनको सेल फोन नम्बर ९८५६०२७७५४ मा टेलिफोन गर्दा उनीस“ग सम्पर्क हुन सकेन । आयोजनाको पूर्वानुमानित लागत रकम भारी वृद्धि गरिएपछि त्यसको पुनः टेन्डर गर्नुपर्ने हुन्छ, तर चिनिया“ पक्षले बिनाटेन्डर निर्माण ठेक्का दिनुपर्ने इच्छा जाहेर गर्दै आएको छ ।
नेपालमा ठूलाठूला आयोजनाहरूको निर्माण ठेक्कामा कम रकम कबुल गरी निर्माणको जिम्मेवारी हात पार्ने र पछि रकम बढाउन माग गर्दै काम रोक्ने कार्य चिनियां कम्पनीहरूले गर्दै आएका छन् । लुम्बिनी विकासका निम्ति कल्पना गरिएको बृहत्तर आयोजनामा पहिले चीनले अग्रसरता लिए पनि अहिले उसले करिब–करिब हात झिकेको अवस्था छ । मेलम्ची खानेपानी आयोजनाबाट चिनियां कम्पनी भागिसकेको छ भने त्रिशूली ‘ए’जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धि गर्ने भन्दै चिनियां कम्पनीले बार्गेनिङ गरिरहेको छ । अपरतामाकोसी र कुलेखानी तेस्रो आयोजनामा पनि चिनियां कम्पनीले अनेकौं सर्त तेस्र्याउंदै काम अवरुद्ध गरेको थियो । काम हात पार्न कम मूल्यमा टेन्डर हाल्ने र टेन्डर परेपछि काम पूरा नहुंदै या कतिपय अवस्थामा काम पनि सुरु नहुंदै रकम वृद्धिको माग गर्नु चिनियां कम्पनीहरूको एउटा स्थापित प्रवृत्ति नै बनिसकेको छ । यस्तो स्थितिमा पश्चिम सेतीमा चीनले देखाएको चासोलाई कति गम्भीरतापूर्वक लिने भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३