दलपिच्छे मलको फरक भाउ !

१७ आश्विन २०६९, बुधबार ०७:४४ मा प्रकाशित

धादिङ, १७ असोज । देशमा राजनीतीकरणले पराकाष्टा नाघेको एक भद्दा उदाहरण धादिङमा देखिएको छ । धादिङको केवलपुर र आसपासका गाउंमा राजनीतिक दलका कार्यकर्ता र समर्थकहरूलाई दलगत आधारमा रासायनिक मलको मूल्य निर्धारण गरिएपछि त्यस्तो भद्दा उदाहरण देखिन पुगेको हो । प्राप्त जानकारीअनुसार साना किसान नौबिसे खानीखोलाको डिपोबाट किसानलाई बिक्री–वितरण गरिनुपर्ने अनुदानको रासायनिक मल साना किसानका केही सञ्चालक तथा कर्मचारीको मिलेमतोमा डिपोमा नपु¥याई बीचबाटोमा धार्केबाटै बिक्री गरिएको थियो । त्यसरी बिक्री गरिएको २४०० बोरा मल केवलपुर र असपासका गाउंका कांगे्रससमर्थक किसानलाई प्रतिबोरा मूल्य रु. २,२००।–, माओवादीलाई रु. १,८००।– र एमाले समर्थक किसानहरूलाई रु. १,३००।– मा उपलब्ध गराइएको थियो । राजनीतिक दलका समर्थकपिच्छे फरक–फरक मूल्य निर्धारण गरी प्रतिबोरा रु. ८०० पर्ने मल बिक्री गरिएपछि गाउंमा यो विवाद र चर्चाको विषय बन्न पुग्यो र साना किसान सञ्चालक समितिकी अध्यक्ष शारदा पाण्डेसम्म यो खबर पुग्यो । त्यसपछि पाण्डेले आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताइन् र वास्तविकता बुझ्न थालिन् । यसक्रममा सञ्चालकद्वय कृष्णप्रसाद अधिकारी र अप्सरा अधिकारीले कर्मचारीहरूसंग मिली मल बिक्री गरेको जानकारी पाण्डेले पाइन् । तत्पश्चात् दुई अभियुक्तविरुद्ध पाण्डेले कानुनी कारबाहीको प्रक्रिया सुरु गरिन् । कृष्ण र अप्सरा केही दिनको हिरासतपछि अहिले जिल्ला प्रशासन कार्यालय धादिङमा जनही पच्चीस हजार रुपैयां धरौटी राखी हिरासतमुक्त भएका छन् । तर, पार्टीपिच्छे फरक–फरक मूल्य राखी अनियमित ढंगले मल बिक्री गरेको घटनाको चर्चा भने नौबिसे, केवलपुर र आसपासको क्षेत्रमा अझै सेलाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

काठमाडौं । अर्ली इलेक्सनको चर्चा सत्तारुढ दलबाट सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्यसलाई स्वागत गर्ने जनाएको छ ।

धनगढी। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली इलेक्सन’ (निर्धारित अवधिभन्दा अघि नै चुनाव) नहुने बताएका छन्। आज बिहान धनगढी

आजको प्रमुख समाचार