शान्ति र संविधानमा भएको ढिलाई प्रति यूरोपेली यूनियनको चासो

७ चैत्र २०६८, मंगलवार १३:५३ मा प्रकाशित

काठमाडौ, ७ चैत । युरोपेली युनियनमा आवद्व बिभिन्न देशका राजदूतहरुले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई भेटेर शान्ति प्रक्रिया र संविधान लेखनमा भएको ढिलाईबारे चासो ब्यक्त गरेका छन् । प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बिहान भएको भेटमा युनियनमा आवद्व राजदूतहरुले शान्ति र संविधानलाई छिटो निष्कर्षमा पु¥याएर नेपाललाई समृद्धिको दिशामा अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिजन यादबले जानकारी दिनुभयो । राजदुतहरुको जिज्ञासामा प्रधानमन्त्री भट्टराईले दलहरुबीच छलफल आशालाग्दो ढङ्गबाट भएको र शान्ति र संबिधानको कामले छिट्टै पूर्णता पाउने  बताउनुभएको प्रेस सल्लाहकार यादबले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा