कोइराला र अमेरिकन राजदूत भेट, सहमतिका लागि माओवादी बाधक बनिरहेको जानकारी

१७ आश्विन २०६९, बुधबार ०१:१९ मा प्रकाशित

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र अमेरिकन राजदूत पिटर डब्लू बोडीबीच मंगलबार पहिलो औपचारिक भेटवार्ता भएको छ । नेपालका लागि पिटर डब्लू बोडी राजदूत भएर आएपछि कोइरालासँग भएको पहिलो पहिलो औपचारिक भेटमा राजदूत बोडीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारेमा चासो राखेको कोइरला निकटले जानकारी दिएका छन् । अमेरिकन राजदूत पिटर डब्लू बोडीसंगको भेटमा कांग्रेस सभापति कोइरालाले सहमतिका लागि माओवादी बाधक बनिरहेको माओवादीकै कारण सहमति गर्न ढिलाइ भइरहेको जानकारी दिएका थिए । कोइरालाले पटक-पटक सहमति गरेर पनि माओवादीले कार्यान्वयन नगरेका कारण राजनीतिक गतिरोध जारी रहेको बताएका थिए ।कोइराला निकट स्रोतले दिएको जानकारी अनुसार भेटमा कोइरालाले राजदूतलाई माओवादीलाई सहमतिका लागि दबाब निर्माण गर्नु जरुरि रहेको बताएका थिए । भेटमा राजदूत बोडीले नेपालको जारी राजनीतिक संकट र संक्रमणको चाँडै अन्त्य भएको अमेरिकाले हेर्न चाहेको बताएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय