नारायणकाजीलाई भर्जिनियामा कालोझण्डा

१६ आश्विन २०६९, मंगलवार २०:४० मा प्रकाशित

भर्जिनिया । संयुक्त राष्ट्र संघको ६७ औं महासभामा भाग लिन आएका उपप्रधान एवं परराष्ट्रमंत्री नारायणकाजी श्रेष्ठलाई अमेरिकामा रहेका नेपालीहरुले जताततै कालोझण्डा देखाएर विरोध गरेका छन् । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई आइतवार भर्जिनियामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी नेपालीहरुले कालोझण्डा देखाएर विरोध गरे । डिसीस्थित नेपाली राजदूतावासका सबै कर्मचारी समेत सहभागी अमेरिका नेपाल सोसाईटीले आयोजना गरेको कार्यक्रमको अन्त्यमा आयोजकहरुले सहभागीहरुलाई एक चरण मात्र प्रश्न गर्न दिएपछि आफ्नो जिज्ञासा राख्न नपाएका असन्तुष्ट कांग्रेस समर्थित कार्यकर्ता एवं शुभेच्छुकहरुले उनलाई घेरेर कालोझण्डा देखाएका हुन् ।

पहिलो चरणमा प्रश्न राख्ने अवसर पाएकी वरिष्ठ टेलिभिजनकर्मी रमा सिंहले आफु कुनै राजनीतिक दलमा आवद्ध नभएको एक स्वाभिमानी नेपाली भन्दै श्रेष्ठलाई तीन निकै कडा प्रश्न राखेपछि तात्तिएको माहौल आयोजकहरुले अब अरु प्रश्न सोध्न समय सकिएको भन्दै रोक्ने प्रयास गरेका थिए । रमा सिंह लगायतका अन्य प्रश्नकर्ताको अत्यन्त सटिक र संयमित जवाफ दिएर बिदा माग्दै गरेका उपप्रधानमंत्री श्रेष्ठलाई बाल्टिमोरबाट आफ्ना जिज्ञासा लिएर पुगेका स्थानीय तिर्थ पाण्डेयले मंच नजिकै पुगेर आफ्नो प्रश्न राख्न नपाएकोमा गुनासो गर्दै जवाफ माग गरेका थिए । तर श्रेष्ठले चलाखीपूर्ण जवाफ दिदैं इमेलमा प्रश्न पठाउन भन्दै कार्यक्रमबाट बाहिरिन खोजेका बेला उनलाई बीचमै रोकेर बाल्टिमोरबाट पुगेका नेपाली कांग्रेसका नारायण थापाले आफुहरुले जिज्ञासा राख्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यही बेला थापासंगै रहेका लक्ष्मीकुमार श्रेष्ठ, भरत बराइली, अर्जुन काफ्ले, अनिल भारी, तिर्थ पाण्डेयलगायतले उपप्रधानमंत्री श्रेष्ठको अनुहार नै ढाक्ने गरी मुखै नजिक कालोझण्डा देखाएर विरोध गरेका थिए ।

एक्कासी यसरी कालो झण्डाको विरोध सामना गर्नुपर्ला भन्ने अनुमान नै नगरेका उपप्रधानमंत्री श्रेष्ठले नीलोकलो अनुहार बनाएर कालोझण्डा प्रदर्शनकारी मध्ये भरत बराइलीको पाखुरा समाएर तपाईंहरुको विरोध बुझें भन्दै अघि बढ्न खोजेका थिए । विरोधमा सहभागी मध्ये एक कांग्रेसका स्थानीय नेता नारायण थापाले भने, साथीहरुलाई जिज्ञासा राख्न नदिएपछि उत्पन्न आक्रोशको परिणाम नै कालोझण्डाको प्रदर्शन हो । थापाका अनुसार मुसुक्क मुस्काउदै कुरा सुरु गरेका उपप्रधानमंत्री श्रेष्ठ एक्कासी कालोझण्डाको सामना गर्नुपरेपछि टीठलाग्दो अनुहार बनाउदै घेराउबाट अघि बढ्न खोजेका थिए ।

यसअघि शनिवार न्यूयोर्कमा पनि उनलाई कांग्रेस समर्थित कार्यकर्ताहरुले कालोझण्डा देखाएर विरोध गरेका थिए । भर्जिनियामा आयोजित कार्यक्रममा अघिल्लो दिन न्यूयोर्कमा सामाना गर्नु परेको कालोझण्डाको विरोध पुन: नहोस् भनेर तौलिएर निकै सन्तुलित एवं संयमित विचार व्यक्त गर्न खोजेका श्रेष्ठले भनेका थिए, राजनीतिक दलहरुले जनतासामु माफी माग्नुपर्छ र म तपाईंहरुका सबै जिज्ञासाको चित्त बुझ्दो जवाफ दिन सक्दिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन