०४७ सालको संविधानमा फेरबदल गर्दा समस्या नचर्किने नेता महतको धारणा

१६ आश्विन २०६९, मंगलवार १९:५५ मा प्रकाशित

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले सत्तारुढ र प्रक्षिपक्षी दलहरुलाई राष्ट्रपति रामवरण यादवले चाँडो सहमतिमा पुग्न दबाव दिदै आएपनि सक्रियता प्रर्याप्त नभएको गुनासो गर्नुभएको छ । आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने विचार व्यक्त गर्दै उहांले राष्ट्रपतिले शक्ति हातमा लिनुको विकल्प नभएको बताउनुभयो ।
नेपाल प्रेस यूनियन सुनसरी शाखाले इटहरीमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका प्रभावशाली नेता महतले व्यवस्थापिका संसद नभएको र कार्यकारी सरकार नभएको समयमा राष्ट्रपतिले आवश्यक कदम चाल्न ढिलाई गर्न नहुनेमा जोड दिंदै वर्तमान अस्वाभाविक अवस्थामा समाधानका लागि कि आवश्यक कदम चाल्ने कि त दलहरुबीच सहमति हुनुपर्ने हुँदा त्यसो नभएको खण्डमा राष्ट्रपतिले चाल्ने कदम नै सवैभन्दा आवश्यक हुने दोहोरयाउनुभयो । दलहरुले असोज महिनाभित्रमा सहमति गर्छां भनेपनि त्यो सम्भव छैन,उहांले भन्नुभयो, ‘माओवादी सत्ता त्याग गर्न कुनै हालतमा तयार छैन अनि कसरी सहमति जुटछरु’ उहांले सत्तारुढ दलले आफ्नो आयु लम्ब्याउने खेल मात्र भइरहेको जिकिर गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी