अर्काको जग्गा किर्ते गरी बेच्ने गिरोह जेल चलान

१६ आश्विन २०६९, मंगलवार १९:३४ मा प्रकाशित

काठमाडौं, १६ असोज । सक्कली जग्गा धनीलाई थाहै नदिइ जग्गा बिक्री गर्ने मालपोतका कर्मचारी सहित १९ जनालाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले जनही २ करोड १० लाख रुपैयाँ धरौटी माग गरेकोमा मंगलबार अपरारन्ह्रसम्म पनि उनीहरुले धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको हो । धरौटी रकम बुझाउन नसकेपछि सबै जना डिल्लिबजार कारागारमा चलान गरिएको छ ।
यसरी जेल चलान हुनेहरुमा मालपोत कार्यालय भक्तपुरका शाखा अधिकृत उमाकान्त पौडेल, सुवोध कुमार खनाल, नायव सुब्बा रामहरी न्यौपाने ,पिएन कर्ण श्रेष्ठ र विश्वराम सुवाल लगायत रहेका छन् ।
उनीहरुले अरनिको राजमार्गसँगै जोडिएको मध्यपुर ठीमि १६, लोकन्थलीको जग्गा बिक्री गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

आजको प्रमुख समाचार