भारतसंग लड्न चाहेका होइनौं : माओवादी प्रवक्ता भुसाल

१६ आश्विन २०६९, मंगलवार १८:३६ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही , १६ असोज । नेकपा माओवादीका पोलिटब्यूरो सदस्य तथा प्रवक्ता पम्फा भुसालले नेपालमा ठूला मिडियाले राष्ट्रिय स्वाधीनताको विषयलाई प्राथमिकता नदिने गरेको बताउनुभएको छ । प्रभावकारी भूमिका खेल्न सक्ने मिडिया विदेशीको इशारामा चल्ने गरेको आरोप लगाउनुभयो । नेकपा माओवादी सूचना, प्रचार तथा प्रकाशन विभाग अवध राज्य समितिद्वारा मंगलबार बुटवलमा आयोजित ‘राष्ट्रिय स्वाधीनता र मिडिया’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै भूसालले २१ औं शताब्दीमा मिडियाको भूमिका झन् बढेको बताउनु भयो ।
भारतीय नम्बर प्लेटको गाडी रोकेर नेकपा माओवादीले भारतसंग लड्न नचाहेको तर राष्ट्रिय स्वाधीनताको पक्षमा आन्दोलन चलाएको उहांको कथन थियो । राष्ट्र स्वाधीन नभई विपन्न जनताले मुक्ति नपाउने भन्दै भूसालले राष्ट्रियताबारे सबै पार्टीको धारणा एउटै नहुनु र कुर्सीमोहले नछोड्नु दुःखद कुरा भएको बताउनुभयो ।
हिन्दी सिनेमाहरुले नेपालीप्रति हेयभाव राख्ने गरेको भन्दै उहांले नेपालीको आत्मसम्मानमा चोट पुरयाउने हिन्दी फिल्म चल्न दिन नहुनेमा जोड दिनुभयो । निश्चित कोटामा नेपालको राष्ट्रिय स्वाधीनतामा चोट नपुरयाउने खालका हिन्दी फिल्म चल्न दिन सकिने उहांको भनाइ छ । कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेश्वर दाहाले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार