संघीयताको विपक्षमा जनमत बढेको केसीको दाबी

१६ आश्विन २०६९, मंगलवार १८:२३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही १६ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको विपक्षमा जनमत बढ्दै गएको बताउनुभएको छ । उहाँले संघीयताको बिरोध गर्दा सुरुमा राष्ट्रिय जनमोर्चा एक्लो भए पनि संघीयताले मुलुकमा विभाजन ल्याउछ भन्ने हाम्रो ठहर अनुसार नेपाली समाजमा विभाजनको स्थिति देखिएपछि अहिले संघीयताको बिपक्षमा जनमत बढ्दै गएको बताउनुभयो ।
अखिल नेपाल किसान संघ केन्द्रीय समितिद्वारा मंगलबार बुटवलमा आयोजित भू– तथा पर्यावरण संरक्षण विषयक भेलामा बोल्दै नेता के.सीले संघीयताले नै संविधान बन्न नदिएको बताउनुभयो । पहिला संघीयताको पक्षमा रहेका काँगे्रस, एमालेलगायतका दलहरुमा संघीयता बिरोधीहरुको संख्या ठूलै भएको दावी गर्दै एमाओवादीलाई पनि संघीयता घाँडो भएको बताउनुभयो ।
जातीय संघीयतासंगै आएको एकमधेश एकप्रदेश र आत्मनिर्णयको अधिकारले देश रहन नसक्ने बताउँदै गलत खालका मागहरुका बिरुद्द नेपाली जनता एक हुन आग्रह गर्दै भन्नुभयो – विदेशी तथा युरोपिएन युनियनहरुको डलरको खेल पनि देशको लागि अति घातक छ ।
उहाँले नेपाली जनताले संघीयता खारेज नगरेर संघीयताले नै देश खाने बताउँदै समयमा ख्याल नगरे हतारमा गल्तीगरेर फूर्सदमा पछुतो मान्ने अवस्था आउन सक्ने बताउनुभयो । काँगे्रस र एमालले जातीय संघीयताको स्वीकारे देश नरहने बताउँदै नेता के.सीले संघीयता सफल भएका अमेरिका, अष्टे«लियालगायतका देशहरुमा जातीयताको कूनै गन्ध छैन भन्नुभयो । उहाँले राष्ट्रपतिसंग असोज भित्र सहमति गरेर मुलुकलाई निकास दिन्छौ भनेर प्रतिवद्वता जनाएका दलहरुले सहमतिमा पुग्न नसक्ने उनीहरुको व्यवहारले देखाएको बताउनुभयो ।
सहमति गर्छौ भनेर पटक–पटक प्रतिवद्वता जनाएका ठूलादलहरुले सत्ताको राजनीतिलाई छाड्न नसकेका कारण असोज भित्र दलहरुले सहमति गर्छन भन्न नसकिने स्पष्ट उहाँले पार्नुभयो । उहाँले इतिहाँसमै देशको भविष्य संकटमा परेको बताउँदै सहमतिको आधारमा संवैधानिक संकटबाट मुलुकलाई निकास दिनुपर्ने र संविधानसभाको चुनावमा जानुपर्ने बताउनुभयो । एमाओवादीले सत्ताको दुरुपयोग गरेर ठूलो भ्रष्टाचार गरेको आरोप लगाउँदै काँगे्रस र एमालेको पालामा भएका भ्रष्टाचारलाई एमाओवादीले जितेको बताउनुभयो ।
नेता केसीले सत्ताको आडमा भ्रष्टाचार गरेर भूमीहिन र सुकुम्वासीको पार्टी भन्ने एमाओवादीले भुमी सुधारको कुरा गर्नु हास्यपस्द भएको भन्दै एमाओवादीलाई कम्युनिष्टको नम्स पालना गर्न आग्रह गर्दै जनताको नाममा बह्मालुट गर्नेहरु कम्युनिष्ट हुन नसक्ने बताउनुभयो ।
उहाँले पर्यावरण संरक्षणको लागि एकता जरुरी रहेको बताउँदै पर्यावरण संरक्षण गर्ने विषयमा ध्यान नदिए नेपाल मरभूमीमा परिणत हुन सक्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय अवि सन्धीमा गलत सोंच भएकाहरुले हस्ताक्षर गरेकाले नेपालमा पर्यावरणको अवस्ता नाजुक बन्दै गएको बताउनुभयो । उहाँले ठूला तथा विकसित देशहरुले स्थापना गरेका ठूला– ठूला कल कारखानबाट निस्कीएको प्रदुषणका कारण नेपालका हिमाल हिमाल पग्लिदा पनि राज्य मौन रहेको बताउँनुभयो ।
नेकपा (मसाल) का प्रवक्ता हरि आचार्यले सहमतिको आधारमा संविधानसभाबाट संविधान बनाउनु पर्ने र संविधान पुर्नः स्थापना मान्य हुन नसकने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय