हङकङमा जहाज जुध्दा ३६ को मृत्यु

१६ आश्विन २०६९, मंगलवार १४:२७ मा प्रकाशित

काठमाडौं, १६ असोज  । हङकङस्थित लामा आइलैण्डमा दुई यात्रुवाहक पानीजहाज ठोक्किदा ३६ जनाको मृत्यु भएको एजेन्सीहरुले जनाएका छन् । सोमबार राति चीनको ६३ औँ राष्ट्रिय दिवसको अवसरमा हुने आतिशबाजी हेर्न यात्रुहरू प्रर्दशनी स्थलतर्फ आइरहेका थिए । दुबै जहाजमा सवार एकसयभन्दा बढी घाइते भएका बताइएको छ।
दुर्घटनामा पर्नेहरूमध्ये अधिकांश विद्युत उत्पादक कम्पनी हङकङ इलेक्ट्रिकमा कार्यरत कर्मचारी र तिनका परिवार रहेको जनाइएको छ । दुर्घटनामा २८ को घटनास्थलमै र बाँकीको अस्पतालमा मृत्यु भएको हो । पाँच विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको हङकङ सुचना विभागलाई उद्धृत गर्दै जनाएको छ । आइलैण्डबाट आतिशबाजी हुने स्थल भिक्टोरिया हार्बरतर्फ गइरहेको कम्पनीको जहाज विपरित दिशाबाट आएको जहाजसँग ठोक्किएको थियो ।
ठोक्किएको केहीबेरमै हङकङ इलेक्ट्रिकको जहाज पानीमा डुबेको थियो । करिब १ सय २० यात्रु जहाजमा सवार थिए । हेलिकप्टरसहित परिचालित बचाव टोलीले डुबेकाहरूको उद्धार गरेको हो । दुर्घटनामा परेको अर्को जहाज नियमित यात्रु ओसार्ने हङकङ काउलुन फेरि कम्पनीको हो । उक्त जहाजको अघिल्लो भागमा क्षति पुगेको छ । घटना हुँदा नजिकै रहेको फेरि स्टेशनमा सयौं सर्वसाधारण जहाजको पर्खाइमा थिए । हङकङ इलेक्ट्रिकमा ८० बढी नेपाली कार्यरत छन् ।
९ बजे सुरु हुने आतिशबाजी हेर्न करिब सवा आठ बजे गुडेको जहाज केहीबेरमै अर्कोसँग ठोक्किएको थियो । घटनास्थल आतिशबाजी गरिने ठाउँभन्दा करिब तीन किलोमिटरको दूरीमा रहेको बताइएको छ । डुबेको जहाज मंगलबार बिहान बाहिर निकालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्ततः जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी छिन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको

खार्तुम । सुडानमा सेनाको कूको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर

काठमाडाैँ । आज अक्टोबर २६ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ

एजेन्सी । राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको

आजको प्रमुख समाचार