तस्करीबारे समाचार छापेपछि पत्रिका कार्यालयमा बम विष्फोट

१६ आश्विन २०६९, मंगलवार १४:०० मा प्रकाशित

काठमाडौं, १६ असोज । गौर नगरपालिका वडा नम्बर ५ प्रभात चोकस्थित गौर एक्सप्रेस दैनिक कार्यालय अगाडि गएराति बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ। एक्सप्रेस दैनिकले केही दिनदेखि नै तस्करीका सम्बन्धमा समाचार लेखेका कारण उक्त बम विष्फोट गराएको शङ्का दैनिकका प्रकाशक सम्पादक सञ्जय सहनीले गरे।
अज्ञात समूहद्वारा गराइएको सुतली बमबाट कुनै क्षति नभएको र स्थानीयवासी र व्यापारीलाई आतङ्कित गराउनका लागि उक्त बम विष्फोट गराइएको हुन सक्ने अनुमान गरिएको प्रहरी उपरीक्षक ठूले राईले बताए।
भूमिगत समूहका क्रियाकलापप्रति गौरमा प्रहरीले अभियान सञ्चालन गरिरहेको बताइएको छ। (रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।

बुटवल । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर