पूर्वलडाकूदरवारा दुईदिन मध्यपश्चिम बन्द

१६ आश्विन २०६९, मंगलवार १३:५९ मा प्रकाशित

काठमाडौं, १६ असोज । माओवादीका पूर्वलडाकूले विभिन्न माग राखी आह्वान गरेको दुई दिने मध्यपश्चिम बन्दको असर दाङमा आज बिहानैदेखि परेको छ। बन्दका कारण जिल्लामा लामो तथा छोटो दूरीमा सञ्चालन हुने सवारीका कुनै पनि साधन सञ्चालनमा नआएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।
बन्दका कारण यहाँका बजार, कलकारखाना, उद्योग, व्यवसाय पनि पूर्णरुपमा ठप्प भएका छन्। बन्दका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङखण्ड पनि सुनसान रहेको छ।
आफूहरुलाई लगाइएको अयोग्यताको बिल्ला खारेज गरिनुपर्ने, स्वेच्छिक अवकाश रोजेका जनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिइनुपर्ने, संयुक्तराष्ट्र सङ्घबाट शान्ति कोषमा आएको रकमको सत्य विवरण सार्वजनिक गरिनुपर्नेलगायतका माग राखेर आफूहरुले आज र भोलि मध्यपश्चिम क्षेत्र बन्दको आह्वान गरेको बन्दकर्ता अर्जुन बुढाथोकीले बताए। (रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु