गाविस सचिवले लाज मान्दै अनियमितता स्वीकारे

१६ आश्विन २०६९, मंगलवार १३:४१ मा प्रकाशित

छविलाल बगाले, लमजुङ, १६ असोज । खुदी गाउँ विकास समितिका सचिव गोविन्द बहादुर राउतले अनियमितता गरेको उजुरी परेपछि जिल्ला विकास समिति लमजुङले खुदीमा गरेको सार्वजनिक सुनुवाईमा सचिवले लाज मान्दै गल्ती स्विकार गरेका छन् ।
खुदी गाविसका सचिव राउतले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा स्थानीय बासिन्दाको धारणा बुझ्न खुदीमा जिविस लमजुङले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । सचिवले अनियमितता गरेका बारेमा नेकपा एमालेबाट खुदी गाउँ विकास समितिको संयन्त्रमा रहेका देवेन्द्र भण्डारीले २ सय ६८ जनाले सामाजिक सुरक्षा भत्ता पाउनु पर्नेमा ६० जनाले नपाएको बताएका छन् ।
सचिवले सामाजिक सुरक्षा भत्तावापत जेष्ठ नागरिक, अपाङ्गगता भएका, एकल महिला र दलित बालबालिकालाई वितरण गरिने रकम, सम्वन्धित व्यक्तिहरुलाई नदिई किर्ते भरपाई पेश गरि रकम हिनामिना गरेको भन्दै जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । खुदी गाविसका सचिव राउतले सार्वजनिक सुनुवाई कार्यक्रममा आफू विरुद्ध उजुरी परेका बारेमा आफुबाट कमजोरी भएको स्वीकार गर्दै छुटेको रकम घरघरमा पुगेर वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
सार्वजनिक सनुवाई कार्यक्रममा स्थानीयबासिले परिषदले छुट्टाएको बजेट सम्बन्धित क्षेत्रमा वितरण नगरेको, सामाजिक सुरक्षा भत्तामा किर्ते गरी अनियमितता गरेको र गुनासो गर्दा पनि कुनै सुनुवाई नभएको भन्दै गुनासो गरेका थिए । स्थानीयबासीको गुनासोको बारेमा जिल्ला विकास समितिका योजना अधिकृत अन्जान न्यौपानेले जिल्ला विकास समिति लमजुङले छानविन गर्ने भएपनि आफूहरुलाई कार्वाही गर्ने अधिकार नभएको बताएका छन् ।
सचिवले २०६७ सालमा मृत्यु भएका वीरबहादुर तामाङको नाममा अझैपनि भत्ता बुझेर लिने गरेको स्थानियहरुले बताएका थिए । यसैगरी मिनबहादुर तामाङ, विल बहादुर गुरुङ, गौसरी गुरुङ, पूणंकुमारी गुरुङ लगाएतको नाममा दोहोरो भत्ता बुझेको र त्यस्तै टेक बहादुर तामाङ, जगमाया गुरुङ, सोमबहादुर गुरुङको भरपाई गरी रकम बुझे पनि गाविसमा भने उनिहरुको नाम नभेटिएको बताइएको स्थानियले बताएका छन् ।
यस्तैगरी दलित बालबालीकाहरु समिर सार्की, समीक्षा सार्की, यविना मिजार, भुवन मिजार लगाएत २३ जनाको पोषण भत्ता नदिई सचिवले अनियमितता गरेको स्थानियहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।