स्वर्गिय गिरिजाप्रसाद कोइरालाको आज दोस्रो बार्षिकी

७ चैत्र २०६८, मंगलवार ११:२३ मा प्रकाशित

काठमाडौ, ७ चैत । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको निधन भएको आज दुई बर्ष पुगेको छ । दोस्रो बार्षिकीको अवसरमा कांग्रेस केन्द्रीय तथा जिल्ला कार्यालयहरुले बिभिन्न कार्यक्रम गर्दैछन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले चपली गाविसमा स्मृति सभा आयोजना गरेको छ । एक दशक लामो सशस्त्र माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्बाह गरेका कोइरालाको २०६६ साल चैत सात गते ८५ बर्षको उमेरमा निधन भएको थियो । उहाँ सबैभन्दा धेरैपटक मुलुकको प्रधानमन्त्री बन्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा