३३ दलबीच सर्वदलीय बैठक हुंदै

१६ आश्विन २०६९, मंगलवार ०७:५६ मा प्रकाशित

काठमाडौं, १६ । राष्ट्रपतिले शितल निवास बोलाएर सहमतिका लागि दबाब दिएपछि राजनीतिक दलहरु फेरि सहमति जुटाउने चटारोमा परेका छन् । यसैअन्तरगत प्रमुख तीन दल र मधेशी मोर्चाको सोमबार सम्पन्न बैठकले राजनीतिक निकासका लागि विघटित संविधानसभाका ३३ दलको बैठक बोलाउने निर्णय गरेका छन्।
आज मंगलबार १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलस्थित सेना समायोजन विशेष समितिको सचिवालयमा सर्वदलीय बैठक आयोजना हुंदैछ ।
एमाओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार, बैठकमा एकीकृत माओवादीले ुसंघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनु ले देशव्यापी जनपरिचालन र देशका प्रमुख चार शहरमा गर्ने भनिएको कार्यक्रम स्थगित गर्ने बताएको थियो। उनले विपक्षी दलहरूलाई पनि आन्दोलनका कार्यक्रम घोषणा नगर्न आग्रह गरेको थियो। विपक्षी दल कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफूहरूले घोषणा गर्ने भनेको आन्दोलनका कार्यक्रम घोषणा गर्ने या नगर्नेबारे टुंगो लागिनसकेको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१