हाटमा मासिक २० करोडको कारोबार

१६ आश्विन २०६९, मंगलवार ०७:३६ मा प्रकाशित

चितवन, १६ असोज । चितवनका सात ठाउँमा सञ्चालन हुँदै आएका हाटबजारमा मासिक रु २० करोडभन्दा बढीको कारोबार हुने गरेको छ । हाटबजारमै व्यवसाय गरेर २५० भन्दा बढी व्यवसायीले राम्रो आम्दानी गर्दै आएका छन् । उनीहरूमध्ये कतिपयले सहरी क्षेत्रमा घरघडेरीसमेत जोडेका छन् ।

जनसङ्ख्याको वृद्धिसँगै मुख्य सहरी र ग्रामीण बजारका आसपासमा व्यावसायिक ढङ्गले हाटबजार सञ्चालन हुँदै आएका छन् । चितवनको भरतपुर नगरपालिकाभित्र हाकिमचोक, केन्द्रीय बसपार्क, बसेनी, चितवन उच्चमावि पछाडि र भोजाडमा हाटबजार सञ्चालन हुँदै आएको छ ।
त्यसैगरी पूर्वी चितवनको पदमपुर र चित्रसारीमा पनि हाटबजार सञ्चालनमा आएको छ । धेरैजसो क्षेत्रमा हप्ताको दुईदिन हाटबजार सञ्चालन हुँदै आएको हाटबजार विकास व्यवसायी सङ्घ चितवनले जनाएको छ ।
जिल्लामा सञ्चालन हुँदै आएका सबै हाटबजारलाई सङ्घले व्यवस्थित गर्दै आएको छ । विसं २०६३ मा दर्ता भए पनि २०५६ सालबाट सो सङ्घले हाटबजार सञ्चालन गर्दै आएको हो । बजार क्षेत्रमा भन्दा सुलभ दरमा सामग्री बिक्री वितरण गर्न थालेपछि ग्राहकको आकर्षण हाटबजारमा परेको छ । सबै हाटबजारमा तरकारी, माछामासु, फलफूल, कपडा, चप्पल, कस्मेटिक, भाँडाकुँडा, औजार, खाना–नास्ता पाइन्छ । हाटबजारबाटै राम्रो आम्दानी गर्न सफल भएको व्यवसायीहरूको भनाइ छ । उदयपुरबाट १० वर्षअघि चितवन आएर हाटबजारमा कपडा पसल राख्दै आएका जनक कट्टेल हाटबजारकै आम्दानीले भरतपुरका तीन ठाउँमा घडेरी खरिद गरेको बताउनुहुन्छ । दुई छोराछोरी निजी विद्यालयमा पढाउनुभएका उहाँले यो व्यवसायबाट राम्रो आम्दानी भएको बताउनुहुन्छ ।
उदयपुरबाटै चार वर्षअघि भरतपुर आएर हाटबजारमा कपडाकै कारोबार गर्दै आएका मातृकाप्रसाद गुरागाईंले पनि यस्तै अनुभव छ । छोराछोरीलाई निजी विद्यालयमा पढाइ आएको र मासिक रु २० हजारभन्दा बढी जोगाउन सकेको उहाँ बताउनुहुन्छ ।
सङ्घका उपाध्यक्ष लालबहादुर राय हाटबजारमा मासिकरूपमा रु २० करोडभन्दा बढीको कारोबार हुने गरेको बताउनुहुन्छ । हाटबजारमा व्यापारीले भारतका विभिन्न क्षेत्रका अतिरिक्त काठमाडौँ र स्थानीय क्षेत्रमा उत्पादन भएका वस्तु बिक्री गर्दै आएका छन् । रायका अनुसार कलेज पढ्ने विद्यार्थी पनि हाटबजारमा व्यवसाय गर्ने गर्दछन् । पानी, शौचालय, बिजुली र सुरक्षाको राम्रो प्रबन्ध नहुँदा सोचेझै व्यवसाय फस्टाउन नसकेको सङ्घका उपाध्यक्ष रायको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको