नाम सार्वजनिक भएपछि काठ तस्करहरु भगाभाग

१६ आश्विन २०६९, मंगलवार ०७:३४ मा प्रकाशित

डडेल्धुरा, १६ असोज । चुरे क्षेत्रको वन फँडानी तथा तस्करीमा संलग्न रहेको अभियोग दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नाम सार्वजनिक गरेपछि डडेल्धुराको भित्री मधेस क्षेत्रमा अभियुक्तहरूको भागाभाग मच्चिएको छ । अनुसन्धान थालेको आठ महिनापछि अख्तियारले १०८ सामुदायिक वनका पदाधिकारीहरू, उपभोक्ता र मजदुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरूको भागाभाग चलेको हो ।
अख्तियारले अभियुक्त दाबी गरेका वन पदाधिकारी, उपभोक्ता तथा मजदुरहरू सीमावर्ती भारतीय क्षेत्रमा भाग्न थालेका हुन् । भित्री मधेसका जोगबुढा, आलिताल र शीर्षका आरोपितहरूबाहेक अन्य पनि मुद्दाको प्रक्रियामा दोषी ठहर हुने भयले भाग्न थालेको खुलेको छ । अख्तियारले मुद्दा दायर गरेकाहरूमा ११ जना वन कर्मचारी रहेका छन् भने बाँकी सामुदायिक वनसँग आबद्ध पदाधिकारी छन् ।
पछिल्लो समय स्थानीय सञ्चार माध्यमहरूले अभियुक्तहरूको नाम सार्वजनिक गर्न थालेपछि अभियुक्त तथा अन्य संलग्नहरू फरार हुन थालेको स्थानीयले नै जानकारी दिएका छन् । यसअघि जिल्ला अदालतले जिल्ला वन कार्यालयको दाबीअनुसार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका कतिपय अभियुक्त अहिलेसम्म फरार अवस्थामै छन् ।
अख्तियारले छ लाख २७ हजार ७६६ क्युफिट काठ अनियमितरूपमा कटानी तथा तस्करी भएको दाबी गर्दै केही दिन अगाडि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले रु ४३ करोड १० लाख १४ हजार ३७२ बिगो र त्यही बराबर जरिवाना तथा कम्तीमा छ महिनाभन्दा बढी कैद सजायको माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।