आईरनगेड एसएलसी परीक्षा आजबाट सुरु

७ चैत्र २०६८, मंगलवार ११:२१ मा प्रकाशित

काठमाडौ, ७ चैत । प्रवेशिका अर्थात एसएलसी परीक्षा आजदेखि देशभर सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार यस वर्ष नियमिततर्फ ४ लाख ४६ हजार १ सय ६६ जना र एक्जाम्टेडतर्फ ८२ हजार ९१ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षाका लागि एक हजार ७ सय ४८ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा मर्यादित बनाउन करिब ५६ हजार जनशक्ति परिचालन गरेको जानकारी दिदै परीक्षा नियन्त्रक डिल्लीराम रिमालले  परीक्षामा बदमासी गर्न खोज्नेलाई १ लाख रुपँैयासम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने बताउनुभयो । चैत १७ गतेसम्म जारी रहने ७९औं एसएलसी देशभरमा ८५ ओटा खुल्ला विद्यालयका करिब १० हजार बिद्यार्थी परीक्षामा सहभागी भएका छन् । १ हजार सात सय ४८ परिक्षा केन्द्रमा  १० जना सुरक्षाकर्मी तैनाथ गरिने तथा आवश्यकता अनुसार जिल्ला परीक्षा समन्वय समितिले वाहिरी सुरक्षाका लागि शसस्त्र प्रहरी परिचालन गर्न सकिने व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस