हेर्ने होइन त विश्वकै ठूलो थान्का ?

१६ आश्विन २०६९, मंगलवार ०७:३० मा प्रकाशित

ललितपुर, १६ असोज । विश्वको सबैभन्दा ठूलो थान्का आगामी शुक्रबार र शनिबार प्रदर्शन गरिने भएको छ । नेपाल बौद्ध धर्म संरक्षण समितिका अनुसार विश्वका १६ मुलुकका १० हजार स्वयम्सेवकद्वारा निर्मित सो थान्काको प्रदर्शन गरिन लागेको हो । भगवान् बुद्धको जीवनका १२ महत्वपूर्ण घटनालाई चित्रण गरी बनाइएको सो थान्का यसअघि अमेरिका, जापान, मङ्गोलिया र भारतमा प्रदर्शन गरिसकिएको छ । उन्नाइस सय किलोको सो थान्का ५०–७० साइजको रहेको छ । डा. सूर्य थकालीको अवधारणामा निर्मित सो थान्का प्रदर्शनपछि पुनः जापानमा राखिने छ ।
नेपालको लुम्बिनीमा राख्ने उद्देश्यले सो थान्काको निर्माण गरिएको भए पनि नेपाललगायत विभिन्न मुलुकमा प्रदर्शन गरिसकेपछि जापानमा नै राखिनेछ । नेपालमा सो थान्का राख्नका लागि भौतिक पूर्वाधारको कमीका कारण जापानमा नै राखिएको र भविष्यमा नेपालमा नै राखिने योजना रहेको सो प्रदर्शनीका संयोजक बाबुकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
कपडामा बुट्टा भरेर निर्माण गरिएको सो थान्का ८१ टुक्रामा विभाजन गरिएको छ । सो थान्का निर्माणका लागि सर्वप्रथम भुटानका सर्वोत्कृष्ट कलाकारले पेन्टिङ गर्नुभएको थियो । पेन्टिङलाई अत्याधुनिक डिजिटल प्रविधिबाट तस्बिर खिचेर पछि कपडामा उतारिएको थियो । सोही तस्बिरका आधारमा एक हजार स्वयम्सेवकले थान्का तयार पारेका हुन् । जिफरद्वारा जोड्दै पूरा बनाइने सो थान्काको टुक्रालाई जोड्न करिब दुई घन्टा लाग्नेसमेत संयोजक श्रेष्ठले बताउनुभयो ।
बुद्धको देश नेपाल शान्तिको प्रतीक भए पनि केही वर्षदेखि अशान्ति र द्वन्द्वको सन्देश फैलिरहेकाले नेपालबाट पुनः शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले सो प्रदर्शनीको आयोजना गरिन लागेको बताइयो ।
दशरथ रङ्गशालामा हुने थान्का प्रदर्शनी अवलोकनका लागि प्रवेश निःशुल्क हुने आयोजकले जनाएको छ । असोज १९ गते ३ बजेदेखि औपचारिक कार्यक्रम भए पनि सर्वसाधारणका लागि भने १ः३० बजेदेखि नै प्रवेश खुल्ला गरिनेछ । असोज २० गते १२ बजेसम्म मात्र थान्का अवलोकन गर्न पाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय