लागुऔषध ओसारपसारमा महिला

१६ आश्विन २०६९, मंगलवार ०७:२८ मा प्रकाशित

वीरगन्ज, १६ असोज । वीरगन्ज कारागारमा रहेका कैदीबन्दीहरूमध्ये सबैभन्दा बढी लागु औषध मुद्दाका रहेका छन् । महिला तथा पुरुष दुवै खाले कैदीबन्दीमा लागु औषध मुद्दाका सबैभन्दा बढी छन् ।
वीरगन्ज कारागारका अनुसार, लागु औषध मुद्दाका सात सयभन्दा बढी कैदीबन्दी कारागारमा रहेका छन् । ७५० कैदी बन्दी राख्ने क्षमता भएको वीरगन्ज कारागारमा हाल एक हजार ३०० भन्दा बढी कैदीबन्दी रहेका जनाइएको छ । तीमध्ये छ जना बालबालिका रहेका छन् ।
भवन अभावका कारण कारागारमा रहेका अधिकांश महिला कैदी अहिले पनि खुल्ला आकाशमुनि सुत्न बाध्य छन्, महिलातर्फकी चौकीदार राधा दाहालले भनिन्– कारागार अहिले पनि महिलामैत्री हुन सकेको छैन । कारागारमा ७४ जना महिला कैदीबन्दी रहेका छन् । तीमध्ये लागु औषध मुद्दाका करिब ५० कैदी छन् । यसैगरी पुरुषतर्फ लागु औषध मुद्दाका झन्डै ६५० कैदीबन्दी रहेको वीरगन्ज कारागारले जनाएको छ ।
लागु औषधको मुद्दामा रहेका कैदीबन्दी मध्ये अधिकांश लागु औषध ढुवानी गर्ने कारोवारीका छन् । लागु औषध कारोवारमा संलग्न मुख्य कारोवारीहरूलाई भने प्रहरी प्रशासनले पक्राउ गर्न नसकेको स्रोतको दाबी छ । लागु औषध ओसारपोसार गर्ने कार्यमा बढी महिलाको प्रयोग हुने गरेको छ, लागु औषध कारोवारीले भने– ‘१६ देखि २५ वर्ष उमेर समूहका महिलाको सक्रियता यस कार्यमा बढेको देखिन्छ । सीमावर्ती भारतीय रक्सौलबाट बीरगन्जमा लागुऔषध पु¥याए ५०० देखि एक हजारसम्म र रक्सौलबाट सिधै काठमाडौँ पु¥याए पाँच हजार देखि आठ हजार रूपैयाँसम्म ढुवानीकर्ताले पाइन्छ ।’
खुला सिमानाको फाइदा उठाएर लागुऔषध कारोवारीले विशेषगरी नेपालबाट गाँजा र अफिम भारततर्फ तथा भारतबाट खैरो हिरोइन, नारफिन, डाइजोपाम, फेनोग्रान र नाइट्रोसनलगायतका लागुऔषध नेपालतर्फ भित्राउने गरेकोे प्रहरीको विभिन्न अनुसन्धानबाट पनि देखिएको छ । यस वर्षको वैशाखयता मात्र प्रहरीले करिब आठ हजार ५६७ किलो गाँजा, १५० किलो चरेश र दुई किलो अफिम चेकजाँचको क्रममा प्रक्राउ बरामद गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी

झापा । विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

आजको प्रमुख समाचार