अपहरणको धम्की दिएको भन्दै एन प्याब्सन अध्यक्ष पक्राउ

१६ आश्विन २०६९, मंगलवार ०७:१९ मा प्रकाशित

भद्रपुर, १६ असोज । सशस्त्र भूमिगत समूहसँग मिलेर आफ्नै पार्टीका तत्कालीन जिल्ला अध्यक्षलाई अपहरण गर्ने, मार्नेलगायतका फोनबाट धम्की दिने गरेको अभियोगमा राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी झापा जिल्ला अध्यक्ष जयबहादुर श्रेष्ठसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठलाई झापाको दमकबाट र बाराको अमुतगन्ज–२ बाट सुनिल यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यादव तराई जनतान्त्रिक मुक्तिमोर्चाका कार्यकर्ता हुन् भने जयबहादुर श्रेष्ठ राष्ट्रिय निजी तथा आवासीय विद्यालय (एन प्याब्सन)का झापा अध्यक्ष पनि हुन् ।
यादवलाई पक्राउ गरिएपछि उनको वयानको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहन शर्माले बताउनुभयो ।
बताइएअनुसार राष्ट्रिय जनशक्ति पार्टीका तत्कालीन अध्यक्ष लक्ष्मी ओडारीलाई मोटो रकम चन्दा माग गर्दै नदिए ज्यान मार्ने र अपहरण गर्ने धम्कीका साथ मोबाइल फोनमार्फत गत भदौ २५ गतेदेखि फोन आइरहेको थियो । विर्तामोडस्थित घरनजिकै रहेको लक्ष्मी पेट्रोल पम्प र सतासीधामस्थित दूधेमा रहेको उनको विद्यालयमा समेत बम विस्फोट गर्ने धम्की निरन्तर आउन थालेपछि ओडारीका छोराले आफ्नो बुबाको जीवनरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिएका थिए ।
भपामा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच एकीकरण भएपछि राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीको निर्माण भएको हो । नवगठित पार्टीको अध्यक्षमा तत्कालीन राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष ओडारी अध्यक्ष पदमा चयन हुने सम्भावना देखिएपछि श्रेष्ठले उहाँलाई मानसिक तनाब दिएर अध्यक्षमा आपूm कायम रहने मनशाय बनाई भूमिगत सङ्गठनका यादवको सहारा लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि एकपछि अर्काे लोकप्रिय कार्यक्रम ल्याइरहेका बेला अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई

इलाम । झारफुक गर्ने भन्दै पत्नी र छोरीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

खोटाङ । खोटाङमा गरिब परिवारमा आत्महत्या दर बढी पाइएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७५/०७६ देखि ०७७/०७८ को आत्महत्याको